प्यूठानमा पनि मनाइयो प्रहरी दिवस
  • काँचुली खबर

६३ औ प्रहरी दिवस प्यूठानमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले बिहिवार खलगामा गरेको कार्यक्रममा बोल्दै मल्लरानी गाँऊपालिकाका अध्यक्ष अमरध्वज रानाले कानुनी शासनको प्रयाभुत हुने गरी काम गर्न प्रहरीलाई सुझाव दिए ।
‘कतिपय घटनामा राजनीतिक दवाव हुन सक्छ ।’ उनले भने, ‘कानुन भन्दा माथि कोहि हुन सक्दैन, प्रहरीले कानुनको कार्यान्वय गर्न पर्दछ ।’ सामाजिक अपराधका घटनाहरु न्यूनिकरण गर्न नागरिक समाजसँगको सहकार्यमा अभियान चलाउन समेत उनले सुझाव दिएका छन ।
मिति श्रोत र साधनका वीच प्रहरीले नागरिकको जिऊधनको सुरक्षा प्रदान गर्दै आएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले उल्लेख गरे । बाल विवाह, घरेलु हिसा सामाजिक अपराध न्यूनिकरणमा प्यूठान प्रहरीको भुमिका प्रति उनले प्रशंसा गरे ।


कतिपय घटनामा प्रहरी आफै संलग्न हुने गरेको भन्दै पुर्व प्रहरी संघठन प्यूठानका अध्यक्ष हिम के.सी.ले चिन्ता प्रकट गरेका थिए । घटनाको यथार्थ विवरण सकलन गर्न आग्रह गर्द उनले प्रमाणका आधारमा अनुसन्धान गर्न समेत सुझाव दिए । पुर्व प्रहरीहरुले जीवनको ऊर्जाशिल समय संगठनमा विताएको भन्दै उनले बर्तिवाल प्रहरीले गर्ने व्यवहार प्रति दुःख व्यक्त गरेका छन् ।
कार्यक्रमको अवसरमा प्रहरी चौकी पुँजालिवासेको भवन निर्माणका लागि सहयोग गर्ने जग्गादाताहरुलाई सम्मान गरिएको छ । दिवसकै अवसर पारेर प्रहरी कार्यालयले जिल्ला अस्पताल विजुवारका विरामीलाई फलफुल वितरण, धार्मिक केन्द्रहरुको सरसफाई लगायत कार्यक्रम गरेको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

  • २५ आश्विन २०७५, बिहीबार १९:२४ प्रकाशित
  • Nabintech