नेकपाका नेता बामदेव गौतमलाई साँसद बनाउनकालागि पाँच करोडको चलखेल भएको खुलेको छ । गौतमका निकट मानिएका दीपक भट्टका अनुसार काठमाडौ क्षेत्र नं. ७ का साँसद रामवीर मानन्धरलाई ५ करोड दिएपछि यहाँ बामदेवकालागि ठाउँ खालि गरिएको हो ।
गौतम निकट व्यक्तिहरूले मानन्धरलाई नगद ५ करोड दिएपछि मानन्धरले आफनो ठाउँमा गौतमलाई साँसद बनाउन सहयोग गरेको भट्टले बताएका छन् । स्रोतका अनुसार उक्त रकम मानन्धरले बुझिसकेका छन् । र मानन्धर गौतमका लागि चुनावमा सहयोगीका रुपमा देखिदैछन् ।
स्रोतले भन्यो ‘ठूलै रकम आउने भएपछि पार्टीले पनि ठाउँ खाली गर्दिन दबाब दिएपछि मानन्धरले उक्त ठाउँ खाली गरेका हुन् ।ु
२५ आश्विन २०७५, बिहीबार १३:१० प्रकाशित