कोहलपुरमा अत्याधुनिक सुविधा सम्पन्न डेण्टल अस्पताल संचालनमा आएको छ । यस क्षेत्रकै पहिलो डेण्टल अस्पतालको रुपमा कोहलपुर डेण्टल अस्पताल संचालनमा आएको अस्पतालका प्रमुख गजेन्द्र बहादुर शाहीले जानकारी दिए ।
बुधबार एक कार्यक्रमकाबिच संघिय साँसद महेश्वर गहतराज अथकले अस्पतालको उद्घाटन गरेका छन । १० शैयाबाट सेवा प्रारम्भ गरिएको उक्त अस्पतालमा थप सुविधाहरु समेत बढाउँदै लैजाने योजनामा आफुहरु रहेको अस्पताल प्रमुख शाहीले बताए ।
कोहलपुर न्यूरोडमा स्थापना गरिएको उक्त अस्पतालमा दाँत सम्बन्धि सम्पूर्ण रोगको विशेषज्ञ सेवा उपलब्ध गराईने बताईएको छ । अस्पतालले नेपाल सरकारले तोकेको आरक्षण सिटहरु समेत सुनिश्चित गरेको बताउँदै अस्पताल प्रमुख शाहीले भने, ‘यस क्षेत्रमा कार्यरत पत्रकारहरुकालागि दाँत तथा मुखको स्वास्थ्य सेवामा ५० प्रतिशत छुटको ब्यवस्था मिलाएका छौं ।’
अस्पतालले मुक्त कमैया, लोपउन्मुख जातजाती, भूमिहिन, सुकुम्वासी, एकल महिला तथा जेष्ठ नागरिकहरुलाई समेत ५० प्रतिशत छुटमा सबै प्रकारका सेवाहरु उपलब्ध गराउने शाहीले दाबी गरे ।
२४ आश्विन २०७५, बुधबार २०:५४ प्रकाशित