रोनाल्डोलाई पनि बलात्कारको आरोप
  • काँचुली खबर

काठमाण्डौ – केही समय यता विश्वका विभिन्न चर्चित व्यक्ति समेत बलात्कारको फन्दामा परेका छन् । अमेरिकी महिलाले चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बलात्कारको आरोप लगाएकी छन् ।  तर रोनाल्डोले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन । रोनाल्डोले आरोपलाई गलत समाचार भएको प्रतिक्रिया दिएका छन् ।

सन् २००९ मा अमेरीकी महिलालाई रोनाल्डोले बलात्कार गरेको र घटना लुकाउन प्रशस्त रकम दिएको भन्दै जर्मन पत्रिकाले समाचार छापेपछि उनको चौतर्फी आलोचना भएको छ । तर रोनाल्डोले भने त्यसको खण्डन गरेका छन् । ‘उनीहरुले मेरो नाम जोडेर आफूलाई प्रचार गर्न चाहेका छन’ उनले भनेका छन्, ‘जुन मेरा लागि सामान्य रहेको र यो समाचारमा कुनै सत्यता छैन् ।’

३३ वर्षे रोनाल्डोले लस भेगासको एक होटलमा बलात्कार गरेको महिलाको आरोप छ । महिलाले सन् २०१० मा स्थानीय पुलिसमा रिपोर्ट गर्दा कोर्टको आदेशमा रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर तिरेर त्यो घटना कहिले पनिबाहिर नल्याउन सर्त राखेको रहस्य खुलेको छ ।

  • १६ आश्विन २०७५, मंगलवार ११:१५ प्रकाशित
  • Nabintech