मुक्त कमैयाहरुद्धारा उचित व्यवस्थापनको माग
  • काँचुली खबर

कोहलपुर ११ लोकनगरका मुक्त कमैयाले कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, प्रदेश नं. ५ कि भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेल र नेकपाका केन्द्रिय नेता तथा प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथकलाई संयुक्त रुपमा ९ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका छन् ।
२०६९ सालमा नेपाल सरकारले मुक्त कमैया संरक्षण गर्न छुटेका समेतलाई बसोबासको व्यवस्था गर्ने भनिए पनि स्थानिय सरकारले वेवास्था गरेको भन्दै
९ बुदेँ माग सहितको ज्ञापनपत्र बुझाईएको थारु समुदायका नेता चन्द्र थारुले बताए ।
उनीहरुले बुझाएको माग पत्रमा छुट लगतमा परेका ८ सय ९१ घरपरिवार र जग्गा सट्टा भर्नाको समस्या समाधान, विधुत विस्तारका लागि अनुमानित ५०० पोल, निःशुल्क शिक्षा, १ ट्रान्सफर्मर, थारु संग्रहालयकालागि आवश्यक बजेट, खानेपानीको व्यवस्था, एक घर एक रोजगार लगायतका ९ बुँदे माग उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले सरकारको तह अनुसारको माग पत्र भएकाले स्थानिय सरकार बाट हुन सक्ने सबै कामहरु गर्ने प्रतिबद्धता जनाए । थारु संग्रहालय र थारु समुदायको समग्र बिकासकालागि कोहलपुर नगरपालिका योजनावद्ध ढंगले लागेको भन्दै नगरप्रमुख रावतले लोकनगरका मुक्त कमैयाको पुर्ण अध्ययन र प्रमाणिकरणको काम नीतिगत ढंगले गर्ने बताए ।
मुक्त कमैयाले बुझाएको ज्ञापन पत्र भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलकालागि उनका स्वकिय सचिव सुर्य रोकाय र नेकपाका केन्द्रिय नेता तथा प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथकका तर्फ बाट उनका स्वकिय सचिव शिव सुनारले बुझेका थिए ।

  • १५ आश्विन २०७५, सोमबार २०:३७ प्रकाशित
  • Nabintech