नेपालगन्ज उपमहानगरमा सरसफाई अभियान
  • काँचुली खबर

नेपालगञ्जमा निजी क्षेत्रसँगको सहकार्यमा सरसफाई अभियानले व्यापकता पाउँदैछ । हरेक साता स्वस्फुर्त सरसफाईका कार्यक्रमम भइरहेका बेला नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा वडा नं. १ को सहयोग र स्वच्छ नेपाल हाम्रो अभियानको सहजिकरणमा केही दिन यता नेपालगञ्ज खजुरा रोडमा व्यापक सरसफाई भइरहेको छ । आज शनिवार खजुरा रोड नमुना सरसफाई अभियानमा बेग्लै रौनक देखीयो । नेपालगन्ज उप-महानगरपालिकाका उपप्रमुख उमा थापा मगर र वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजाल स्वयं सडक सरसफाई खटिए । वडा न १ को वडास्तरीय बाल क्लव सञ्जालका बालबालिकाहरु पनि सचेतनामुलक नारासहितका प्लेकार्ड बोकेर सरसफाईमा खटीएका थिए । सडक पेटि अतिक्रमण हटाउन शुरु गरेर वाहवाही पाइरहेका बेला आज उपप्रमुख थापामगर र  वडा अध्यक्ष रिजाल मुखमा मास्क र हातमा पञ्जा लगाएर सडक, ढल नाला सरसफाईमा मात्र नभई सचेतता फैलाउनमा व्यस्त रहे ।


सरसफाई कार्यक्रम पीपल चौतारा पुगेर समापन भएको थियो । अभियानमा वडा न. १ का वडा सदस्य जगमोहन काद, प्रकाश डि.सि., सरसफाई निरिक्षक अशोक के.सी., स्थानीय जनताको पनि सहभागिता रहेको थियो । अत्यधिक फोहर देखीने सो क्षेत्रमा अहिले उपमहानगरपालिकाको सहयोगमा दैनिक झाडु लगाउने, फोहर संकलन गर्ने र सिठी फुकेर घरदैलोको फोहर संकलन गर्न थालीएपछि स्वरुप नै फेरिएको स्वच्छ नेपाल हाम्रो अभियानका भानु भट्टले जानकारी दिए ।

 

स्रोत : वागेश्वरी पोष्ट

  • १५ आश्विन २०७५, सोमबार १९:५४ प्रकाशित
  • Nabintech