कोहलपुर स्र्पोट क्लबको आयोजनामा संचालन गरिएको प्रथम जिल्ला स्तरिय फुटबल प्रतियोगितको उपाधी हरी युवा क्लब खजुराले उचालेको छ ।
शनिबार भएको कोहलपुर स्पोर्टस क्लब ‘सी’ र हरी युवा क्लब खजुरा बिच भएको फाईनलमा खजुराले ०-२ गोल अन्तरले विजयी हुँदै उपाधी उचालेको हो । प्रथम स्थान प्राप्त गर्न सफल हरी युवा क्लब खजुराले नगद ३५ हजार, ट्रफी, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा द्धितिय स्थान प्राप्त गर्ने कोहलपुर स्पोर्टस क्लबले नगद १५ हजार तथा ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट ६ जना खेलाडीलाई नगद १५ सयका दरले पुरस्कृत गरिएको प्रतियोगिता आयोजकले जनाएको छ ।
गत असोज ६ गते देखी सुरु भएको खेलमा बाँकेको १५ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुरमा रगंशालाको विकास गर्नकालागि नगरपालिका क्रियाशिल रहेको बताए । साथै उनले खेलकुदको विकासकालागि कोहलपुर नगरपालिका सकारात्मक रहेको बताए ।
कोहलपुर स्र्पोट क्लबका अध्यक्ष कृष्ण गिरीको सभापतित्वमा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष कर्ण सिँह बुढाक्षेत्री, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भिम वली, कोहलपुर राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाँकेका अध्यक्ष विरेन्द्र सिँह ठकुरी, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष बलराम भट्टराई लगायत सहभागी थिए ।
१५ आश्विन २०७५, सोमबार १९:२० प्रकाशित