३१ बैशाख २०८१, सोमबार
फुटपाथ खाली गराउदै उपमहानगरपालिका
  • काँचुली खबर

बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेलाहरु हटाउने अभियान सुरु गरिएको छ । सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गर्न थालेपछि उपमहानगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो ।
सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलहरुका कारण पैदल यात्रीलाई समेत आवतजावतमा समस्या भएपछि उपमहानगरले अभियान सुरु गरेको नगर उपमेयर उमा थापा मगरले जानकारी दिइन् । ‘जथाभावीरुपमा ठेलाहरु राखेर फुटपाथ अतिक्रमण गरेपछि हटाउन सुरु गरेका हौं,’ उपमेयर थापा मगरले भनिन् ।
फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसलहरु हटाउन उपमहानगरपालिकाले एक हप्तादेखि सार्वजनीक सूचना जारी गरी माइकिङ्गसमेत गरे पनि अटेरी गरेपछि हटाउन सुरु गरिएको उनले बताइन् । फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसलहरु हटाउन सुरु गरेपछि पैदल यात्रु तथा स्थानीय पनि हर्षित छन् ।
उपमेयर थापा मगरले भनिन्, ‘पैदलयात्रीले सहजरुपमा आवतजावत गर्न पाउन भनेर फुटपाथ हटाउने अभियान सुरु गरेका हौं ।’ सडक किनारमा ठेला राखेर व्यापार व्यवसाय गर्ने फुटपाथ हटाउने अभियानलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउने उपमहानगरपालिकाले जनाएको छ ।
फुटपाथ अतिक्रमण गरी अव्यवस्थितरुपमा राखिएका ठेलाका कारण पैदलयात्रुलाई हिँड्नसमेत कठिनाई भएकाले अभियान सुरु गरिएको उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले बताए । उनले भने, ‘फुटपाथ पसलले दुर्घटनासमेत निम्त्याउन थालेपछि हटाउन सुरु गरेका हौं ।’

श्रोत : satyapati.com

  • १२ आश्विन २०७५, शुक्रबार २१:५६ प्रकाशित
  • Nabintech