३१ बैशाख २०८१, सोमबार
सन्दीपको अर्को छलाङ, करीव ३५ लाख रुपैयाँमा भारतीय क्लवमा अनुबन्धित
  • काँचुली खबर

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अर्को छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त रहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले फेरि अर्को सफलता हात पारेका हुन् ।

सन्दीप संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने नयाँ “फम्र्याट” को टी–१० लिगमा केलरा किङ्ससँग सोमबार अनुबन्ध भएका छन् । जुन आर्थिक पाटोबाट उनको क्रिकेट करियरकै अहिलेसम्मको ठूलो छलाङ हो ।

सोमबार भएको खेलाडी अक्सनबाट केरला किङ्सले सन्दीपलाई ३० हजार अमेरिकी डलर (करिब ३४ लाख ९० हजार रुपैयाँ) मा अनुबन्धित गरेको हो । गत वर्ष इन्डियन प्रिमियर लिग (आइपीएल)मा छनोट भएर दिल्ली डेयर डेभिल्सबाट खेलेका सन्दीप निरन्तर अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त छन् ।

गत वर्ष सन्दीप आइपीएल अन्तरगत दिल्ली डेयर डेभिल्ससँग २० लाख रुपैयाँ (३२ लाख नेपाली रुपैयाँ)मा अनुबन्धित भएका थिए । त्यसपछि वेष्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा समेत छनोट भएका थिए । उनलाई सेन्ट् किट्स एन्ड नेभिस प्याट्रिवट्सले पाँच हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

आइपीएल र सीपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीप सबैभन्दा बढी बिदेशी लिग खेल्ने पनि पहिलो नेपाली खेलाडी बनेका छन् । उनी अघिल्लो साता मात्रै युएईमा हुने अफगानिस्तान प्रिमियर लिगका लागि छनोट भएका थिए । अफगानिस्तान प्रिमियर लिगमा उनलाई नान्गहर क्लबले १५ हजार डलरमा लिएको थियो ।

सन्दीपलाई आईसीसीसि एशोसियट राष्ट्रअन्तर्गत अनुबन्धन गरिएको थियो । इन्डियन प्रिमियर लिग खेलेर अन्तर्राष्ट्रिय उडान थालेका सन्दीप क्यारेबियन लिगमा समेत छाएका थिए । यसअघि हङकङ र क्यानडामा समेत लिग क्रिकेट खेलेका सन्दीप सबैभन्दा बढी विदेशी लिग खेल्ने नेपाली खेलाडी पनि बनेका छन् ।

साभार : shikharnews.com

  • ९ आश्विन २०७५, मंगलवार २१:३२ प्रकाशित
  • Nabintech