५ जेष्ठ २०८१, शनिबार
धम्बोझीमा फुटबल मैदान निर्माण हुदै
  • काँचुली खबर

नेपालगञ्जको धम्बोझीमा फुटबल एकेडेमी अन्तर्गत पहिलो चरणमा मिनी फुटबल मैदानको निर्माण थालिएको छ । सोही स्थानमा बुधबारदेखि एन्फा ग्रासरुट फुटबल कार्यक्रम अन्तर्गत १२ बर्ष मुनीका बालबालिकाहरुको फुटबल प्रशिक्षण सुरु गर्न लागिएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।
मैदान निर्माणको सुरुवात हुने समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, सदस्य डम्बर थापा,धम्बोझी युवा क्लबका अध्यक्ष तथा युवा व्यवसायी देवेन्द्र खड्का, संघका अध्यक्ष भोजराज शाही लगायत निर्माण स्थलमा पुगेका थिए । धम्बोझी विशालनगर चौक नजिकै मङ्गलबारदेखि फुटबल एकेडेमी निर्माण सुरु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ वडा कार्यालयको सहकार्य र समन्वयमा बाँके जिल्ला फुटबल सङ्घले फुटबल एकेडेमी निर्माण गर्न लागेको हो । एकेडेमीमा ८–१२ बर्ष उमेरका ५००–६०० बालबालिकालाई प्रशिक्षणमा सहभागी गराउने लक्ष्य
राखिएको शाहीले बताए । अखिल नेपाल फुटबल सङ्घले एकेडेमी स्थापनाका लागि तत्काल काम सुरुवात गर्न ५ लाख रुपिया एन्फा बाँकेलाई उपलब्ध गराएको छ । एन्फाले फुटबल लगायतका अन्य खेलकुद सामाग्री समेत उपलब्ध गराएको छ ।

साभार : lokpriyanews.com

  • ९ आश्विन २०७५, मंगलवार १५:४८ प्रकाशित
  • Nabintech