३१ बैशाख २०८१, सोमबार
बालयौन दुव्र्यवहार गर्ने ब्यक्ति पक्राउ
  • काँचुली खबर

ईलाका प्रहरी कार्यालय धनौली, खजुराले १४ बर्से बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरेको छ । गत आइतबार बेलुकी खजुरा गाउपालिका वडा नम्बर २ मानखोला छेउको जङ्गलबाट खजुरा गापा वडा नम्बर ५ का साकिर अलि दर्जीलाई पक्राउ गरेको हो ।
खजुरा गापा वडा नम्बर २ गौघाटबाट निजले बालिकालाई सोहि गापा वडा नम्बर ५ उढरापुर पुर्‍याईदिने भनेर साइकलमा राखी सम्बन्धित स्थानमा नलगी मानखोलाको छेउको जङ्गलमा लगेर यौन दुव्र्यवहार गर्न लाग्दा बालिका रोएर कराए पछि बाटोमा हिड्दै गरेका स्थानियले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।
निज उपर बालयौन दुराचारको मुद्दा  दर्ता गरी अदालतबाट म्याद थप गरि हिरासतमा राखी अनुसन्धान भै रहेको खजुरा प्रहरीले जनाएको छ ।

  • ९ आश्विन २०७५, मंगलवार १५:२१ प्रकाशित
  • Nabintech