१७ बैशाख २०८१, सोमबार
नेपाल छिट्टै भारतमा विलय हुँदैछ : चित्रबहादुर के.सी.
  • काँचुली खबर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल अब छिट्टै भारतमा विलय हुने दिशामा अघि बढेको बताएका छन ।

अध्यक्ष केसीले अंगिकृत नागरिकका सन्तानहरुले सजिलै वंशजको नागरिकता पाउने व्यवस्थाले नेपाल छिट्टै भारतमा विलय हुने अवस्थामा पुगेको जिकिर गरे ।

काठमाडौंमा आयोजित ‘राष्टिय हित विपरितको नागरिकता विधेयक स्थगन गर्ने र सर्वाधिकार सम्पन्न नागरिकता छानबिन आयोग गठन गर्ने’ विषयक अन्तरकृया कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन ।

‘अंगिकृत नागरिकता लिनेमा अधिकांश भारतबाट नेपाल छिरेकाहरु छन्’, नेपालको कर्मचारीतन्त्र पनि बाह्य शक्तिको प्रभावमा आफ्नो दुनो सोझ्याउनेतर्फ मात्र केन्द्रित भएको उनको आरोप थियो ।

‘अहिलेसम्म अवैधानिक तरिकाले नागरिकता पाउनै नहुने मान्छेले नेपाली नागरिकता पाएका छन्’, देशलाई डामाडोल पार्नेहरुको षड्यन्त्रको विरोधमा सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता आइपरेको उनले बबताए । ‘देश बचाउनु पर्ने भन्दै उनले भने, ‘देश रहे मात्रै हामी रहूँला ।’

  • ८ आश्विन २०७५, सोमबार २१:४६ प्रकाशित
  • Nabintech