२४ बैशाख २०८१, सोमबार
‘बिरमी-चन्द्र पत्रकारीता पुरस्कार’ बाट गुरुङ र खनाल पुरस्कृत
  • काँचुली खबर

ग्रामिण विकासको क्षेत्रमा कलम चलाएको भन्दै बाँकेका दुई जना पत्रकारलाई पुरस्कृत गरिएको । ५ नं. प्रदेशकी साँसद कृष्णा के.सी. नमुनाका स्वर्गिय माता–पिताको नाममा स्थापित ‘बिरमी-चन्द्र ग्रामिण पत्रकारीता पुरस्कार-२०७४’ बाट काँचुली अनलाईनका सम्पादक गजेन्द्र गुरुङ्ग र अन्नपूर्ण पत्रिकाका शंकर खनाल पुरस्कृत भएका हुन ।
बाँके निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज ‘अथक’ र ५ नं. प्रदेशका साँसद कृष्णा के.सी. ‘नमुना’ ले संयुक्त रुपमा गुरुङ र खनाललाई जनही ५ हजार नगद र कदरपत्रबाट पुरस्कृत गरेका हुन ।


साँसद के.सी. र प्रेस सेन्टर बाँके शाखाको संयुक्त लगानीमा स्थापित अक्षयकोषबाट हरेक वर्ष २ जना पत्रकारलाई पुरस्कृत गर्ने कार्याक्रम अनुसार पहिलोपटक दुई जना पत्रकारलाई पुरस्कृत गरिएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले जानकारी दिए ।
यसैबिच प्रदेश सभा सदस्य कृष्णा के.सी. नमुनाले अक्षयकोषकालागि थप ५० हजार नगद प्रदान गर्ने घोषणा गरेकी छन । आईतबार आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै साँसद नमुनाले बिरमी-चन्द्र ग्रामिण पत्रकारीता पुरस्कारलाई प्रतिष्ठानका रुपमा विकसीत गर्ने योजना अनुसार हरेक वर्ष आवश्यक रकम थप्दै जाने प्रतिवद्धता समेत जनाएकी छन ।


कार्यक्रममा बोल्दै प्रतिनिधी सभाका साँसद महेश्वर गहतराज अथकले संचारक्षेत्रले ग्रामिण भेगका विषयवस्तुहरुलाई आप्mनो प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गहतराजले राज्यको चौंथो अङ्गका रुपमा समेत हेरिएको संचारजगतले बिगतदेखिनै समाज रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको भन्दै चर्चा समेत गरेका थिए । गहतराजले प्रदेश साँसद नुमनाका स्वर्गिय मातापिताको नाममा स्थापित अक्षयकोषलाई बढाउँदै प्रतिष्ठानका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिएका थिए ।

प्रेस सेन्टर नेपाल बाकेका अध्यक्ष डक्टप्रसाद धितालको सभापतित्वमा संचालन गरिएको  पुरस्कार वितरण कार्यक्रममा नेकपाका नेता अशोक कोईराला, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक राजेन्द्र अर्याल, पत्रकार महासंघ ५ नं. प्रदेशका महासचिव भेषराज बस्नेत, पत्रकार महासंघ ५ नं. प्रदेशका सचिव शुक्रऋषी चौलागाँई, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, पुर्व अध्यक्ष निरज गौतम, प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त वि.क., प्रेस संगठनका केन्द्रिय सदस्यद्धवय रुद्र सुवेदी र गोबिन्द आचार्य लगायत अन्य निकायका पदाधिकारीहरु सहभागी भएका थिए ।

  • ७ आश्विन २०७५, आईतवार १५:४५ प्रकाशित
  • Nabintech