५ जेष्ठ २०८१, शनिबार
बिश्व कार फ्री दिवसमा साइक्लिङ्ग
  • काँचुली खबर

२२ सेप्टेम्बर अर्थात बिश्व कार मुक्त दिवस । यहि दिवसको अवसरमा नेपालगन्ज साइक्लिङ्ग क्लबले शनिबार साइक्लिङ्ग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत बिहान ६ बजे देखि ९स्१५ सम्म धम्बोजी, राझा, कम्दी, पुरैना, फुल्टेग्रा हुँदै त्रिभुवन चोक भएर विपिचोकसम्म साइक्लिङ्गको आयोजना गरेको क्लबका सदस्य सतिश निरौलाले जानकारी दिए ।
सबैले एकदिन मात्र कार नचलाइदिने हो भने पनि प्रकृति र वातावरणमा धेरै सकारात्मक प्रभाव पर्ने बताउादै क्लबले साइक्लिङ्गको माध्यमबाट ग्रामीण पर्यटनको बिकास, बाताबरण संरक्षण र स्वास्थ रहने अभियान थालिएको जनाएको छ। नेपालगन्ज साइक्लिङ्ग क्लबले हरेक शनिबार बिशेष साइकल यात्राको आयोजना गर्ने गरेको क्ल्बका सचीव गगन थापा जानकारी दिए ।

  • ६ आश्विन २०७५, शनिबार २१:४५ प्रकाशित
  • Nabintech