५ जेष्ठ २०८१, शनिबार
अलबिनो भएका ब्यक्तिहरुका माग संविधानमा समावेश हुन सकेनन् : जैशी
  • काँचुली खबर

झट्ट हेर्दा बिदेशि नागरि जस्तो देखिने गोरो छाला भएका ब्यक्तिहरुलाई अलबिनो भएको हो । अलबिनो भन्नाले शरिरको छाला पुरै गोरो भएको ब्यक्तिलाई जनाउद छ । त्यस्ता ब्यक्तिहरु घाममा हिड्न नमिल्ने र हिडे पनि छाला कालो हुने जसले गर्दा छालामा समस्या आउने गरेको छ । अलबिनो भएका ब्यक्तिहरुलाई काम गर्न असहज हुनुका साथै दृष्टिमा पनि समस्याको रुपमा रहेको छ । नेपालमा अलबिनो भएका ब्यक्तिहरुको संख्या अहिलेसम्म कति छ भन्ने ऐकिन भने गर्न सकिएको छैन । राष्ट्रिय अपाङ्ग अलबिनो नेपालका अनुसार सम्पर्कमा आएका ब्यक्तिहरु ७५० जना रहेको बताएको छ । बाँके र बर्दियामा मात्र अलबिनो भएका ब्यक्तिहरुको संख्या ५० भन्दा बढि रहेका छ ।
राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल बाँकेले शनिबार एक कार्यक्रम गरि आफ्नो ५ औँ साधारण सभा मनाएको छ । साधारण सभामा बाँके, बर्दिया र सुर्खेतका अलबिनो भएका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमा नेपाल अपाङ्ग महासंघका प्रदेश ५ का अध्यक्ष भाबुक जंग थापा, बिशिष्ट अतिथी डा. बद्रि चापागाँई, कार्यक्रमको अध्यक्षता राष्ट्रिय अलबिनो नेपालका अध्यक्ष टेकराज जैशीले गरेका थिए । संघले गरेका बिधिध गतिबिधीका बारेमा पनि जानकारी गराईएको थियो । कार्यकक्रम पश्चात पत्रकारहरुसग कुरा गर्दै अध्यक्ष टेकराज जैशीले यो रोग समस्यको रुपमा रेहेको हुदा नेपाल सरकार आफ्ना समस्याका बारेमा बेवास्तै गरेको समेत बताए । नेपालमा अपाङ्गताका दशवटा प्रकारहरु रहेता पनि नेपाल सरकारको कानुनमा आफुहरुलाई समाबेश नगराएकोमा दुख समेत ब्यक्त गरेका थिए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै छाला रोग बिशेषज्ञ बद्रि चापागाँईले यो रोग झट्ट हेर्दा सामान्य भएता पनि भित्री समस्या जटिल रहेको बताएका थिए ।

अलबिनो भएका ब्यक्तिहरुलाई दृष्टीको समस्या हुने हुदा काम गर्न समेत समस्या रहेको चापागाँईले बताए । चापागाँईले भने स रकारको योजनामा अलबिनो भएका ब्यक्तिहरुका समस्या नपर्नु भनेको बिडम्बना भएको समेत उल्लेख गरे । यस संस्थाले बिभिन्न समयमा अलबिनो भएका ब्यक्तिहरुकालागि आँखा शिबिर गरी चस्मा, मोनोक्रोम र हेन लेन्स समेत बितरण गर्दै आएको छ ।

  • ६ आश्विन २०७५, शनिबार १७:४८ प्रकाशित
  • Nabintech