३० बैशाख २०८१, आईतवार
विद्यालयलाई ३२९ थान पुस्तक हस्तान्तरण
  • काँचुली खबर

पुर्णिमा साहित्यिक प्रतिष्ठान रचना बाचन बिभागको आयोजनामा शुक्रबार खडकवार निबुवामा रचना बाचन तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिभाग संयोजक देबकी निरौलाको सभापतित्वमा सम्पन्न ११५ औं रचना बाचन कार्यक्रममा ३ सय २९ थान विभिन्न पुस्तकहरु समेत हस्तान्तरण गरिएको छ ।
प्रतिस्ठानका अध्यक्ष महानन्द ढकालले बिद्यालयका प्रधानाध्यापक आनन्द प्रसाद भट्टराईलाईलाई पुस्तक हस्तान्तरण गरेका थिए । यसलाई अभियानकै रुपमा लैजाने प्रतिस्ठानका अध्यक्ष ढकालले बताए ।
कार्यक्रमका प्रमुख अतिथी कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्काले गाउँ–गाउँमा पुस्तकालय स्थापना भएमात्र बालबालिकाको पठनिय संस्कारको बिकास हुने बताए ।


बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष शेर बहादुर खड्काले पुर्णिमा सािहित्य प्रतिष्ठानले बिद्यालय र बालबालिकालाई उत्साहित पार्ने गरी पुस्तक हस्तान्तरण गरेको प्रती आभार ब्यक्त गर्दै बिद्यालयलाई आम तवरबाट सहयोग गर्न सम्बन्धित सबैमा आवह्वान गरे ।
‘हाम्रो अभियान, साहित्यिक पहिचान’ नाराका साथ आयोजित पुस्तक बितरण तथा रचना बाचन कार्यक्रममा बिद्यालयका बालबालिका तथा साहित्यकारहरु केशब निमेष, ऋचा लुइटेल, कपिल अञ्जान, सागर गैरे, डा. देबेन्द्र आचार्य लगाएत दुई दर्जन बढि स्रष्टाहरुले आ-आफ्ना रचना बाचन गरेका थिए ।

  • ५ आश्विन २०७५, शुक्रबार २३:२१ प्रकाशित
  • Nabintech