५ जेष्ठ २०८१, शनिबार
नेपालगन्जमा शान्ति दौड
  • काँचुली खबर

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आज नेपालगञ्जमा आज शान्ति सद्भाव दौड गरिएको छ ।
वातावरण तथा बालअधिकार संरक्षण केन्द्र (इन्प्रोक) को आयोजनामा नेपालगञ्जको पुष्पलालचोक देखि वीपीचोकसम्म करिव १ किलोमिटरको शान्ति सद्भाव दौडमा जिल्लास्थित विभिन्न धर्मगुरु, मानवअधिकारकर्मी, प्रहरी प्रशासनका प्रमुख र नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।
दौडको समापन समारोहलाई सम्वोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सामाजिक सद्भाव र शान्ति कायम गर्न सबै लाग्नु पर्ने बताउनु भयो । यस्ता गतिविधिले आपसी एकता र सद्भावमा वृद्धि हुने उहाँले उल्लेख गर्नुभयो ।
नेपालगञ्जमा सामाजिक सद्भाव र आपसी एकता कायम राख्ने उद्धेश्यका साथ दौड आयोजना गरिएको इन्प्रोकका अध्यक्ष तेजबिक्रम शाहले बताउनु भयो ।
उच्च अदालत वार एशोसिएयशन नेपालगञ्जका सचिव चित्र शाहीले जिल्लाका शान्ति सुरक्षा, सामाजिक सद्भाव र आपसी एकता कायम गर्न सबैका भूमिका आवश्यक रहेको बताउनु भयो । इन्प्रोकले सीएसटी होटल एण्ड पार्टी प्यालेस प्रालिसँगको सहकार्यमा कार्यक्रम गरेको हो ।

  • ५ आश्विन २०७५, शुक्रबार ०८:५१ प्रकाशित
  • Nabintech