५ जेष्ठ २०८१, शनिबार
संविधान दिवसकाे अबसरमा साईकल यात्रा सम्पन्न
  • काँचुली खबर

संविधान दिबसको अबसर पारेर नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्जमा साईकल यात्रा सम्पन्न गरेको छ ।
बुधबार बिहान ७ बजे धम्बोजी चोकबाट निकालिएको साइकल यात्रामा साइक्लिङ्ग क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो । साइकल यात्रा धम्बोजी चोकबाट शुरु भइ बिपि चोक-चारबाहिनी-जिबिस कार्यलय-हडियाबाबा रोड-बसपार्क-पुस्पलाल चोक हुँदै पुन: बिपिचोक पुगेर समापन गरिएको थियो।
साइकल यात्राको समापन गर्दै कार्यक्रम संयोजक सतिश निरौलाले संविधान सबैभन्दा माथी रहेको र सबैका लागि भएको हुँदा सबैले संविधानको सम्मान गर्नुपर्ने बताए ।संविधान र कानुनले सबैलाई समान न्याय दिनुपर्नेमा जोड दिदै न्यायका लागि कोहि पनि सडकमा आउन नपरोस् र न्याय नमरोस भन्दै उनले सहभागी सबैलाई धन्यवाद दिए ।

  • ३ आश्विन २०७५, बुधबार १६:३५ प्रकाशित
  • Nabintech