६ जेष्ठ २०८१, आईतवार
गाउँमा मनाइयो संविधान दिवस (फोटोफिचर)
  • काँचुली खबर

खजुरा –  संविधान जारी भएको तीन वर्ष पुरा भइसक्यो, अहिले कार्यान्वयनको चरणमा छ । स्थानीय, संघ र प्रदेशको निर्वाचनपछि अहिले संविधान कार्यान्वयनको चरणमा छ । 
संविधानका विषयमा केही विमत्तिहरु पनि देखिएका छन् । तर समावेशीता र सहभागितामूलक संविधान निर्माणपछि आम नागरिकले समृद्धिको चाहना गरिरहेका छन् । तर नागरिकहरुले अपेक्षा गरेअनुसार समृद्धिको दिशामा अघि नबढेको गुनासो गरेको छन् । 
खजुरा गाउँपालिका–३ बी गाउँका भक्तबहादुर केसीले भने, ‘जनप्रतिनिधिहरुले जनताका पक्षमा काम गर्नुपर्छ । संविधान कार्यान्वयनको पहिलो जिम्मेवारी जनप्रतिनिधिहरुसँगै छ ।’ जनप्रतिनिधिहरुले संविधान कार्यान्वयनसँगै जनजीविकाका पक्षमा काम गर्नुपर्ने केसीको भनाई छ । 
स्थानीयबासी भीम वलीले संविधान कार्यान्वयनप्रति जनतामा देखिएको निराशालाई खुशीमा बदल्नका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘संविधान कार्यान्वयन सुस्त छ, जनप्रतिनिधिहरुले जनतामा देखिएका निराशालाई आशामा बदल्नुपर्छ ।’ खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले स्थानीय सरकार संचालनका क्रममा सुरुवाती चरणमा केही जटिलता देखिए पनि अब अतिशिल बन्ने दिशामा उन्मुख भएको बताए । उनले भने, ‘सुरुवातमा केही समस्याहरु आए पनि अहिले स्थानीय सरकार चलायमान भएका छन् ।’
‘हामीलाई संघीयताको अनुभव थिएन, स्थानीय सरकारले कसरी काम गर्ने भन्ने ज्ञान नहुँदा सुरुमा निकै समस्याहरु देखिए । अहिले हामीले स्थानीय सरकार सञ्चालनका विषयमा जानकारी भएका छौं, अब स्थानीय सरकारले संविधान कार्यान्वयनसँगै समृद्धिको यात्रा तय गर्नेछन् ।’
यसैबीच, संविधान दिवसका अवसरमा खजुरा गाउँपालिकाको आयोजनामा गाउँपालिकाको इन्द्रावर्ती गाउँमा प्रभातफेरी गरिएको छ । गाउँमा यसरी पहिलो पटक संविधान दिवस मनाइएको छ । ‘सधंैं सहर केन्द्रीत हुन्थ्यो, यसपटक गाउँमै हामीले संविधान दिवस मनायौं,’ गाउँपालिकाका अध्यक्ष कक्षपतिले भने ।

  • ३ आश्विन २०७५, बुधबार १४:१२ प्रकाशित
  • Nabintech