१५ बैशाख २०८१, शनिबार
संविधान दिवसको अवसरमा साइकल यात्रा गरिने
  • काँचुली खबर

नेपालगन्ज साइक्लिङ्ग क्लबले भोलि संविधान दिवसको अवसर पारेर साइकल यात्रा आयोजना गर्ने भएको छ। क्लबका सदस्य तथा कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार भोलि बिहान ७ बजे धम्बोजि चोकबाट सुरु हुने साइकल यात्राले नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ।
नाताबाद, पार्टीवाद र पद प्रतिष्ठा भन्दा देशको संविधान र कानुन माथी रहेको हुँदा संविधान र कानुन भित्र सबै रहनुपर्छ भन्ने सन्देश दिनुका साथै न्यायका लागि कसैले सडकमा उत्रनु नपरोस् र सबैलाई न्याय मिलोस भन्ने उद्देश्यका साथ भोलि संविधान दिवसका अवसरमा साइकल यात्रा आयोजना गरीएको नेपालगन्ज साइक्लिङ्ग क्लबले जनाएको छ। साइकल यात्रामा आ आफ्नो साइकल सहित सहभागी हुन सबै तह र तप्कामा रहेका नागरिकहरुलाइ आग्रह गरीएको कार्यक्रम संयोजक सतिश निरौलाले बताए ।


सो साइकल यात्राले वातावरण संरक्षण र इन्धनको खपत  कम गरि हरियाली शहर अभियान लाई समेत टेवा पुर्‍याउने क्लबले जनाएको छ।

  • २ आश्विन २०७५, मंगलवार २१:५८ प्रकाशित
  • Nabintech