२३ बैशाख २०८१, आईतवार
निलम्बित एसपी विष्ट र छोराको डीएनए परीक्षण सुरु
  • काँचुली खबर

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या प्रकरणका दोषी पत्ता लगाउन निलम्बित डिल्ली विष्टसहित उनका छोरा र भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगरप्रमुख सुरेन्द्र विष्टका भतिजाको डीएनए परीक्षण सुरु गरिएको छ ।

हत्या प्रकरणको दोषी अहिलेसम्म नभेटिएपछि एसपी विष्टसहित उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए परीक्षण सुरु गरिएको हो ।

नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका विधि विज्ञान विज्ञ डाक्टर हरिहर वस्तीसहितको टोलीले एसपी विष्टसहितको डीएनए परीक्षण सुरु गरेको हो । यसअघि प्रहरीले मुख्य अभियुक्त रहेको भन्दै दीलिप सिंह विष्टलाई पक्राउ गरी अनुसन्धान गरेको थियो तर उनको डीएनए र निर्मलाको शरीरमा भेटिएको डीएनए नमिलेपछि दीलिपलाई प्रहरीले रिहा गरेको थियो ।

स्थानीयवासीले निलम्बित विष्टको काम शंकास्पद रहेको भन्दै उनी र अन्य दुईजनामाथि अनुसन्धान सुरु गर्नुपर्ने दवाव दिँदै आएका थिए । घटना भएको ४९ दिन पुग्दा पनि हत्यारा पत्ता लगाउन नसकेपछि प्रहरीमाथि नै स्थानीयवासीले शंका व्यक्त गरेका थिए ।

  • २८ भाद्र २०७५, बिहीबार १८:३८ प्रकाशित
  • Nabintech