१५ बैशाख २०८१, शनिबार
महेन्द्र मा.बि. को १८ औ साधारण सभा सम्पन्न
  • काँचुली खबर

महेन्द्र माध्यमिक बिद्यालय खलंगा प्युठानको १८ बार्षिक औ अभिभावक भेला तथा साधारण सभा सम्पन्न भएको छ। भेलाको दिप प्रज्वल गरी उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्युठानका उप प्रमुख पदम थापाले विद्यार्थी सुहाउदो र बालमैत्री वातावरणमा दिईने शिक्षानै अहिलेको आवश्यकता रहेको बताए।

त्यस्तै कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक पिताम्बर पौडेलले आर्थिक बर्ष २०७४/७५ आय ब्यय बिवरण र निति तथा कार्यक्रम प्रस्तुत गदै विद्यालयको शैक्षिक स्तर सुधारका लागि आफु लगायत सम्पुर्ण शिक्षक तत्पर लागि परिरहने बताए । पौडेले जब सम्म शिक्षक, बिद्यार्थी र अभिभावक बिच उचित ब्यवस्थापन हुनसक्दै तबसम्म शैक्षिक स्तरमा राम्रो नतिजा प्राप्त गर्न नसकिने बताउदै आगामि दिनहरुमा यी तीन वटै तत्वलाई ध्यानमा राखि विद्यालयको शैक्षिक स्तर सुधार गर्ने बताए । साथै उनले शैक्षिक स्तरमा सुधार ल्याउन शिक्षकको एकलो प्रयासले मात्र संम्भव भएकाले समाजका सबै ब्यक्तिको साथ आवश्यक रहेकाले यस क्षेत्रमा साथ र सहयोग गर्न सम्पुर्ण अभिभावक तथा बिद्यार्थीहरुमा आग्रह समेत गरेका छन्।


यस्तै कार्यक्रममा सामाजिक परीक्षण समितिका सदस्य सचिव बिष्णु पौडेले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरुले विद्यालयहरु घोकन्ते भन्दापनि सिपमुलक र प्रविधियुक्त शिक्षामा नै केन्द्रीत हुनु पर्नेमा जोड दिदै सरकारी लगानी रहेका विद्यालयको शैक्षिक स्तर सुधार गर्न स्थानीय समुदाय लाग्नुपर्ने बताएका छन ।
सहायक प्रधानाध्यापक प्रविण श्रेष्ठकोे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बिद्यार्थी रञ्जिता शाहि,शिक्षक खिम बहादुर जिसी, अभिभावक भरत कुमार श्रेष्ठ र शिवराज श्रेष्ठले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन प्रकाश श्रेष्ठको अध्यक्षता, जिल्ला समन्वय समितिका प्युठानका उप प्रमुख पदम थापाको प्रमुख आतिथ्यता तथा र स्रोतव्यक्ति दिनामणि पौडेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक बिष्णु पौडेले गरेका थिए।
अभिभावक भेलाकै अवसर पारेर विद्यालयले शिक्षक, अभिभावकका बिचमा शैक्षिक गुणस्तरका विचमा अभिमुखिकरण कार्यक्रम पनि गरेको थियो ।

  • २५ भाद्र २०७५, सोमबार १९:१३ प्रकाशित
  • Nabintech