२८ बैशाख २०८१, शुक्रबार
सम्मान र पुरस्कार वितरण सहित ३९ औं साक्षरता दिवस मनाइयो
  • काँचुली खबर

कोहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार कोहलपुरका केही शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत सहित ३९ औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय सारक्षरता दिवस मनाइएको छ ।
‘‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’’ भन्ने मूल नाराका साथ कोहलपुर नगरपालिका नगर शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा कोहलपुर नगरपालिकामा २०७४ सालमा सेवा निवृत्त त्रिभुवन मावि कोहलपुरमा कार्यरत शिक्षिका विमला शाही र नेराआवि चौधरियामा कार्यरत शिक्षक कामता प्रसाद यादवलाई उनीहरुले सेवाअवधिमा गरेका कामको उच्च मुल्याङ्क गरी कदर-पत्र सहित सम्मान गरिएको थियो । यस्तै त्रिभुवन माविका शिक्षक राजेश्वर प्रसाद चौधरी, नेरामावि खड्कवारका शिक्षिका श्रीमति कमलापति पराजुली, र ज्ञानज्योति माविका शिक्षिका श्रीमति हरी आचार्य पुरस्कृत भएका छन् ।
कार्यक्रममा सम्मान तथा पुरस्कार वितरण गर्दै प्रमुख अतिथि ५ नं प्रदेश सरकारकी कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले कोहलपुरलाई शैक्षिक हवको नगर बनाउने योजना ल्याएमा प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताइन् । लामो समयसम्म शिक्षण पेशामा समर्पित भई अध्यापन गराएर निवृत्त भएका शिक्षकहरुबाट नयाँ पुस्ताले उनीहरुका अनुभवहरुलाई थप उर्जाको रुपमा ग्रहण गर्नु पर्ने सुझाव दिइन् ।
कार्यक्रमका अध्यक्ष एवं कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले २०७४ सालको एसईई परीक्षामा कोहलपुर नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयमा उत्कृष्ठ नतिजा ल्याएका एक-एक जना विद्यार्थी, आधारभूत तह कक्षा ८ को नगर स्तरीय परीक्षामा उत्कृष्ठ अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयबाट एक-एक जना छात्र-छात्रालाई प्रमाण पत्र, नगद रासी र मेडल वितरण गर्दै सामुदायिक विद्यालयहरुले पनि उत्कृष्ठ नतिजा ल्याउनु पर्ने र ल्याउन सक्न बताए । रावतले कोहलपुर नगरपालिकामा शिक्षाको गणस्तर सुधार शुरु भएको र यसमा सबैको सहयोगका आवश्यकता रहेको बताए । नगरपालिमा झण्डै आधा जनसंख्याको रुपमा रहेको थारु तथा मधेशी समुदायहरुका बालबालिकाहरुलाई पनि शिक्षको पहुँच सम्म ल्याउने पर्ने र यो चुनौतीपूर्ण रहेको रावतले बताए । नगर प्रमुख रावतले शिक्षा क्षेत्रमा लगानी बढीरहेको र नगर भित्रका सामुदायिक विद्यालयहरुमा क्रमशः दरबन्दीहरु पूर्ति गर्दै लगिएको बताए ।
नगर शिक्षा शाखा प्रमुख दान बहादुर विष्टले कोहलपुर नगरपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयको अवस्था र उनीहरुले पु¥याएको योगदानको बारेमा जानकारी गराएका थिए ।

कोहलपुर नगरपालिका उप-प्रमुख सन्जु कुमारी थारुले कोहलपुर नगरपालिकामा विकासका पूर्वाधारहरुलाई बलियो र प्रभावकारी बनाउन शिक्षालाई विशेष प्राथमिकतामा राख्न आवश्यक भएको र त्यसमा नगरपालिका लागिरहेको बताइन् । थारुले भनिन्,‘सामुदायिक विद्यमलयहरुमा पनि अब प्राविधिक र व्यवहारीक विषयको शिक्षा दिने पर्ने आवश्यकता छ ’। थारुले सामुदायिक विद्यालयहरुमा खस्कदो शैक्षिक स्तरलाई कसरी वृद्धि गर्ने भन्ने बारेमा सबै पक्षको चासो र सहयोग हुनु पर्ने बताइन् ।
कोहलपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष एवं कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक निम बहादुर चलाउनेले कोहलपुर नगरपालिकालाई कसरी पूर्ण साक्षर नगरपालिका बनाउन सकिन्छ भन्ने अभियानमा नगरपालिका लागेको र यस अभियानमा सबै सरोकारवाला पक्ष र निकायहरुको सहयोग आवश्यक रहेको बताए । चलाउनेले नगर सरकारले शिक्षा लगानी बढाउनु पर्ने सुझाव समेत दिए ।
सम्मानीत शिक्षकहरुका तर्फबाट निवृत्त शिक्षक बिमला शाहीले सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्याको तुलनामा भौतिक संरचनाको अभाव हुने र कमजोर व्यवस्थापनका कारण संस्थागत विद्यालयहरुको तुलनामा शैक्षिक गुणस्तर केही कमजोर जस्तो देखिए पनि सामुदायिक विद्यालयको शैक्षिक स्तर कमजोर नरहेको बताइन् । उनले सामुदायिक विद्यालयमा अभिभावकशरुले पनि चासो देखाएमा शैक्षिक स्तर राम्रो हुने सुझाव दिइन् ।
शिक्षक एकदेव पन्थीले नेपालका सबै तहका सरकारहरुले शिक्षालाई विकासको मेरुदण्ड मान्नु पर्ने र लगानी प्राथमिकतामा राख्नु पर्ने बताए । उनल बाँकेमा अन्य स्थानीय तहका तुलनामा कोहलपुर नगरपालिकाले शिक्षामा लगानी बढाएकोमा खुशी व्यक्त गर्दै यो पर्याप्त नरहेको र आगामी दिनमा यसलाई अझै वृढि गर्नु पर्ने सुझाव दिए । पन्थीले कोहलपुरलाई शैक्षिक हवको रुपमा विकास गराउन शिक्षा क्षेत्रमा राज्यको लगानी बढाउनुको साथै यस क्षेत्रलाई अनुशासित र मर्यादित बनाउन अनुगमन, निरीक्षण, पुरस्कृत र दण्ड-जरिवानाको मापदण्डलाई कडाइका साथ लागु गर्नु पर्ने अवस्था रहेको बताए ।
कार्यक्रमम विद्यालय कर्मचारी संघका नगर अध्यक्ष यम खड्का, विद्यालय व्यवस्थापन समितिका तर्फबाट दशरथ पराजुली, कोहलपुर उद्योग वाणिज्य संघका अध्याक्ष चक्र बहादुर अधिकारी, कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खडका लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

  • २३ भाद्र २०७५, शनिबार २०:४८ प्रकाशित
  • Nabintech