७ जेष्ठ २०८१, सोमबार
अन्तराष्ट्रिय साक्षरता दिवस भव्यताका साथ मनाइयो
  • काँचुली खबर

बाँके – समाजवाद उन्मूख समृद्ध राष्ट्र निमाणको आधार दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधारको नारा सहित बैजना गाउँपालिका कार्यालयले ३९ औ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औँ अन्तराष्ट्रिय साक्षारता दिवस लाई शनिबार एक समारोहका बिच मनाएको छ । ३९ औ शिक्षा दिवसको अवसरमा बैजनाथ गाउँपालिकाले सामुदायिक विद्यालय तथा नीजि विद्यालय बाट उत्कृष्ट नतिजा हासिल गर्न छात्र तथा छात्राहरुलाई सम्मान समेत गरेको छ । भने दुई जना अवकास शिक्षकहरुलाई सम्मान गर्दै विदाई गरेको छ । यसै गरी शिक्षाको क्षेत्रमा क्रियाशिल संस्था स्याक नेपालका प्रतिनिधि लक्ष्मी प्रसाद शर्मालाई समेत सम्मान गरेको छ । बैजनाथ गाउँपालिकाले कूल बजेटको ३० प्रतिशत रकम शिक्षा सुधार तथा अतिरित्त क्रियाकलापमा विनियोजित गरेको बैजनाथ गाउँपालिका कार्यालय अध्यक्ष मान बहादुर रुचाल ठकुरीले जानकारी गराए ।

अध्यक्ष रुचालले उत्कृष्ट नतिजा ल्याउने छात्र छात्राहरुलाई अंकित गर्दै भविष्यमा अझै बैजनाथ गाउँपालिकाको नाम राखी आफ्नो भविष्य तर्फ केन्द्रित हुन आग्रह गरे । रुचालले ईमान्दारिता पूर्वक शिक्षक शिक्षिकाहरुले आफुले पाएको जिम्मेवारी सफल्ताका साथ निर्वाह गर्न विश्वास लिएको बताउदै निर्देशन तथा आगामी दिनहरुमा वडा गत तथा पालिकागत रुपमा अनुगमन गरिने बताए । रुचालले अनुगमनका क्रममा देखिएका कमजोर पक्षलाई छलफलको बिषय बनाएर आगामी रणनिति तय गरिने जानकारी गराए । 

नेपालको संविधान २०७२ ले गुणस्तरीय शिक्षा लाई मौलिक हक मा रुपान्तरण गरेको बताउदै अध्यक्ष रुचालले कक्षा १ देखि ८ सम्म आधारभूत शिक्षा सम्पूर्ण रुपमा निशुल्क प्रदान गर्ने उदेश्यले बैजनाथ गाउँपालिका कार्यालले विद्यालय व्यवस्थापन खर्चको जिम्मेवारी लिएको बताए । कही कतै कार्यान्वय नभएको खण्डमा कारर्वाही गर्न बाध्य हुने रुचालले कार्यक्रममा स्पष्ट पादै विद्यालयमा भएका समस्या पालिकको भएको बताउदै भौतिक तथा आर्थिक सबै जिम्मा पालिकाको रहेको बताए । रुचालले बाल बालविकास केन्द्रको उचित व्यवस्थापनका लागि आवश्यक सामाग्रीहरुका लागि समेत बजेट विनियोज गरेको जाकारी गराए । विशिष्ट अथिति पूर्व सिचाई राज्य मन्त्री दल बहादुर सुनारले जिम्मेवारी बोध शिक्षक शिक्षिकामा नभएका कारण सामुदायिक विद्यालयको नतिजा राम्रो नभएको बताए । सुनारले नतिजा राम्रो हुनका लागि राष्ट्र र भोलिको भविष्य स्मरण गर्दै कार्य सम्पादन गर्नु पर्ने बताए । सुनारले हाल उत्कृष्ट नतिजा ल्याउने छात्र छात्राहरुलाई अंकित गर्दै समग्र राष्ट्रका हितमा तपाईहरुले आजन गरेको शिक्षा लाई समाज रुपान्तरणमा लगाउनु होस् शुभकामना छ सुनारले भने ।

यस्तै खजुरा गाँउपालिका ज्ञानोदय मा.बिमा पनि राष्ट्रिय शिक्षा दिवस भब्यताका साथ मनाईएको छ । कार्यक्रममाम प्रदेश नं. ५ का संसद बाबुराम गौतमको प्रमुख आथित्यमा कार्यक्रम भएको हो । कार्यक्रममा अबकास प्राप्त शिक्षकलाई सम्मान गर्दै बिदाई समेत गरिएको थियो ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, बिद्यालयका प्रध्यापक ऋषिराम सापकोटा , मध्य पश्चिम खेलकुद बिकास समितीका अध्यक्ष भिम वली, वडा अध्यक्ष सुमन मल्ल, तिक बिर सुनार लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै किस्मत कुमार कक्षपतिले अबको शिक्षा ब्याबहारिक हुनु पर्नेमा जोड दिनु भएको थियो । कक्षपतिले गाँउपालिका भित्र रहेका सबै बिद्यालयहरुको स्तरोन्नती गरिने कुरामा जोड दिनु भएको थियो ।

  • २३ भाद्र २०७५, शनिबार १४:३० प्रकाशित
  • Nabintech