५ जेष्ठ २०८१, शनिबार
राष्ट्रिय दलले तिर्नुपर्ने जरिवाना डेढ करोड, कुन दलले कति ?
  • काँचुली खबर

काठमाडौं–प्रमुख चार राजनीतिक दलले कानुन उल्लंघन गरेबापत राज्यलाई १ करोड ५५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ ।  राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल र संघीय समाजवादी फोरम नेपालले कानुन उल्लंघन गरेबापत जारिमाना तिर्नुपर्ने भएको छ ।

यसरी सबैभन्दा धेरै जरिवना राजपाले तिर्नुपर्ने देखिएको छ भने सबैभन्दा कम कांग्रेसको भागमा परेको छ । राजपाले ८१ लाख ५० हजार, नेकपाले ४४ लाख १० हजार, फोरम नेपालले २४ लाख ५० हजार र कांग्रेसले ८ लाख ५० हजार जरिवाना राज्यलाई तिर्नुपर्ने हुन्छ ।

राजपा नेपाल ८१५, नेकपाका ४४१, फोरमका २४५ र कांग्रेसका ८८ जनाको केन्द्रीय समिति रहेको छ । प्रतिव्यक्ति १० हजारका दरले यी सबै केन्द्रीय पदाधिकारी र सदस्यले जरिवाना तिर्नुपर्ने हुन्छ । आजको राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

  • २२ भाद्र २०७५, शुक्रबार १०:१० प्रकाशित
  • Nabintech