७ जेष्ठ २०८१, सोमबार
पढाईसँगै जिवन उपयोगी शिक्षा
  • काँचुली खबर

बिद्यालयमा नियमित पढाई सँगै जिवन उपयोगी शिक्षाको बारेमा पनि सिकाई हुन थालेपछि बाँकेका सामुदायीक बिद्यालयमा छात्राहरुको आकर्षण बढेको छ ।
रुम टु रिडको बालीका शिक्षा लागु भएका बाँकेका सामुदायीक बिद्यालयमा छात्राहरुलाई नियमित पढाईका साथसाथै बिभिन्न किसिमका जिबन उपयोगी शिक्षा शुरु भएपछि छात्राहरुको आकर्षण बढेको हो । बाँकेका कोहलपुर, बैरुजनाथ, खजुरा तथा राप्ती सोनारी का बिभिन्न सामुदायीक बिद्यालयहरुमा रुम टु रिडको बालिका शिक्षा कार्यक्रम संचालन भईरहेको छ । बालिकाहरु लाई जिवन उपयोगी शिक्षाका साथसाथै सिकाउन तथा उनिहरुमा आइपर्ने समस्या समाधानमा सहयोग गर्नकालागी सो कार्यक्रम लागु भएका बिद्यालयमा सामाजिक परिचालकको ब्यबस्था गरेको छ ।
कक्षा ७ देखि ९ सम्मका छात्राहरुलाई जिवन उपयोगी शिक्षा सिकाउने देखि छात्राहरुको घरमै पुगी उनिहरुको पारिवारीक अवस्था तथा शैक्षिक अबस्थाको जानकारी लिने गरेकोले पनि बिद्यालयमा छात्रा को संख्यामा बृद्दि भएको कोहलपुर शिक्षा शाखाका बिद्यालय निरिक्षक दान बहादुर बिष्टले बताए ।
बालिका शिक्षा लागु भएपछि बालिकाहरु कक्षामा शिक्षक नभएको बेलामा पनि ग्रुप बनाएर बिभिन्न बिषयमा छलफल गर्ने गरेको ज्ञानज्योति मा.बि. चप्परगौडीका प्रअ बिनोद शर्माले बताए । उनले भने ‘बिद्यालयमा संचालन हुने बिभिन्न अतिरिक्त िक्रयाकलापमा पनि बालिका शिक्षा लागु भएका ७, ८ र ९ कक्षाका बालिकाहरु भाग लिन धेरै उत्साहित हुन्छन ।’
रुम टु रिड अन्तर्गत बालीका शिक्षा लागु भएका बिद्यालयमा बालीकाहरुलाई घरको आर्थीक अवस्था हेरी बालिकाहरुलाई शैक्षिक सामाग्री, बिद्यालय पोषाक लगाएत बिभिन्न आर्थीक तथा प्राबिधिक सहयोग गर्दै आईरहेको छ । बाँकेमा ज्ञानोदय मा.बि. खजुरा, कोहलपुरका जनज्ञान ज्योति मा.बि. कौशिलानगर, कृष्ण मा.बि. कौशिलानगर, लक्ष्मी मा.बि. बर्दहवा, त्रिभुवन नमुना मा.बि. तथा ज्ञानज्योति मा.बि. चप्परगौडी, राम मा.बि. हवल्दारपुरका साथै गणेश मा.बि. ढकेरी र सुर्याेदय मा.बि. चिसापानिमा समेत बालिका शिक्षा लागु भएको छ ।

  • १६ भाद्र २०७५, शनिबार १४:१७ प्रकाशित
  • Nabintech