७ जेष्ठ २०८१, सोमबार
ज्ञानोदयले मनायो ११ औं राष्ट्रिय पुस्तकालय दिवस
  • काँचुली खबर

‘समृद्ध पुस्तकालयः सुदृढ समाज’ भन्ने मूल नाराका साथ ११ औं पुस्तकालय दिवस मुलकभर मनाइएको छ । पठनपाठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ शुक्रबार देशभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि ११ औं पुस्तकालय दिवस मनाइएको हो ।
दिवसका अवशरमा कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले नगरपालिका स्तरीय बृहत बक्तृत्वकला प्रतियोगिता आयोजना गरेर नेपाल सरकारको राष्ट्रिय कार्यक्रम समेत रहेको दिवसलाई जिल्लास्तरमै भव्य कार्यक्रमका रुपमा सम्पन्न गरेको छ । दिवसको अवशरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगर पालिका सामाजिक विकास समिति संयोजक निम बहादुर चलाउनलेले राज्यले गर्दै आएको शिक्षा क्षेत्रमा लगानीलाई अझ वृहत बनाउँदै लैजानुपर्ने बताए छन् । राज्यले गर्ने कुल लगानीको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी नगरेसम्म नेपालको शैक्षिक गतिविधीले सार्थकता पाउन नसक्ने उनको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले सामुदायिक तथा संस्थागत विद्यालयहरुबीचको असमानताको खाडल पर्न सके मात्र नेपालको शिक्षा क्षेत्रमा एकरुपता दिन सकिनेमा जोड दिए । वक्तृत्वकला प्रतियोगितामा सहभागिहरुले राखेका भनाईलाई उदृढ गर्दै उनले भने, “अवको शिक्षा नीतिमा शीपमूलक शिक्षा विषयलाई विद्यालयमा अध्यापन गराइने पाठ्यपुस्तकमा प्रथामिकतामा नराखे व्यवहारिक रुपमा शिक्षा आर्जनले कुनै अर्थ राख्न सक्दैन ।” उनले हरेक विद्यालयबाट अब प्राविधिक रुपमा दक्ष जनशक्ति उत्पादन गर्न शीपमूलक विषयलाई प्रथामिकतामा राख्नुपर्नेमा जोड दिए ।’


यस्तै कार्यक्रमका विशिष्ठ अतिथि नगर शिक्षा शाखा कोहलपुरका प्रमुख दान बहादुर विष्टले नेपाल सरकारले हरेक वर्ष दिवका रुपमा मनाउँदै आएको राष्ट्रिय पुस्तकालय दिवसले पठन संस्कृतीको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । यस्तै कार्यक्रमका सभापति तथा पुस्तकालय अध्यक्ष चेतकान्त भट्टराईले कोहलपुरको शैक्षिक गतिविधीलाई चलायमान बनाइराख्न पुस्तकालयले इतिहास कायम गरेको दावी गरेका छन् । उनले पुस्तकालयले समाजका सबै बर्ग र क्षेत्रका व्यक्तिहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा शिक्षासँगै प्राविधिक ज्ञान प्रवाह गर्न सफल भएको बताएका छन् । उनले नेपाल सरकारको राष्ट्रिय कार्यक्रम पुस्तकालय दिवसलाई भव्य र सभ्य रुपमा सफल बनाउन सहयोग गर्ने सबै सहयोगी संघ संस्था, विद्यालय तथा व्यक्तिलाई धन्यवाद ज्ञापन गरेका छन् ।
दिवसको अवशरमा पुस्तकालयका आजिवन सदस्य समेत रहेका अर्जुन सिग्देललाई ‘शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउँदै शिक्षा क्षेत्रको सम्मानित जनप्रशासन विषयमा विद्यावारिधि उपाधि हासिल गर्न सफल भएको भन्दै पुस्तकालयले सम्मानित गरेको छ । सम्मान ग्रहण गर्दै सिग्देलले पुस्तकालयले गरेको सम्मानले यस क्षेत्रको शिक्षा जगतमा अझ केही योगदान गर्न जिम्मेवारी थपिदिएको प्रतिक्रिया दिएका छन् । उनले कोहलपुर क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने प्रसस्त सम्भावनाहरु रहेकाले सबै मिले कोहलपुरलाई नमूना शैक्षिक नगरी बनाउने अभियानमा सरिक हुन आग्रह समेत गरेका छन् ।


यस्तै दिवसको अवशरमा आयोजितका “शीपमूलक शिक्षा आजको आवश्यकता” विषयक नगरस्तरीय माध्यामिक तह अन्र्तगतको वक्तृत्वकला प्रतियोगितामा नमूना माध्यामिक विद्यालयकी छात्रा शितल के.सी.ले प्रथम स्थान हासिल गरेकी छिन् । यस्तै क्रमशः द्वितिय र तृतिय स्थान तक्षशीला एकेडमीका छात्रा कमला शाही र वागेश्वरी एकेडेमी माध्यामिक विद्यालयकी छात्रा आकृती मल्लले हासिल गरेका छन् । प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी १७ विद्यालयले सहभागिता जनाएका थिए ।
कार्यक्रममा श्रोत व्यक्ति जय प्रकाश शाह, पुस्तकालयका संस्थापक नारायण प्रसाद गौडेल, नगर अन्र्तगतका जनप्रतिनिधीहरु, विभिन्न विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको वृहत उपस्थिती रहेको थियो ।

  • १५ भाद्र २०७५, शुक्रबार २१:२६ प्रकाशित
  • Nabintech