२६ बैशाख २०८१, बुधबार
ऐरावती गाँउपालिकामा जलाधार व्यवस्थापन समिति गठन
  • काँचुली खबर

ऐरावती गाँउपालिकामा बुधबार गाँउपालिका स्तरीय जलाधार व्यवस्थापन समिति गठन गरीएको छ । पानी परियोजनाको सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रद्धारा संचालित झिम्रुक खोला जलाधार व्यवस्थापन परियोजना प्युठानको आयोजनामा जलाधार व्यवस्थापन समिति गठन गरीएको हो। ऐरावती गाँउपालिकाका अध्यक्ष नविल बिक्रम शाहको संयोजकत्वमा १५ सदस्य समिति गठन गरीएको छ। जसको उपसंयोजक गाँउपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेत रहेका छन भने सदस्य सचिव गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अजुर्नसेन वलि,अन्य सदस्यहरुमा गाँउपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, कृषि सेवा केन्द्र, इलाका वन कार्यालय, जिल्ला रेड्क्रस सोसाइटी प्युठान, गैर सरकारी संस्था, सामुदायिक उपभोक्ता महासंघ,स्थानिय माझि समुह लगायतका प्रमुख तथा प्रतिनिधिहरु रहेका छन्।
कार्यक्रममा केन्द्रका प्राविधिक सल्लाकार तथा कार्यकारी प्रमुख बिजय कुमार श्रेष्ठले स्वागत मन्तब्य तथा समिति गठन गर्नुको उद्धेश्यबारे जानकारी गराउदै यो परियोजनाले प्यूठान जिल्लामा जल जैविक विविधता, जलवायु परिवर्तन र विपदको दृष्टिकोणबाट अति संकटासन्न क्षेत्रको रुपमा रहेको ३ वटा स्थानिय तह–प्यूठान नगरपालिका, नौबहिनि गाँउपालिका र ऐरावती गाँउपालिकाको जलाधार व्यवस्थापन, जल जैविक विविधता संरक्षण तथा विपत जोखिम न्यूनीकरणका क्षेत्रमा क्षमता अभिवृदि गर्ने उद्घेश्यका लागेको बताए।


यस्तै परियोजनाका कार्यक्रम प्रबन्धक प्रवेश कक्षपतिले जलाधार व्यवस्थापन समितिको भुमिकाबारे जानकारी गराउदै गाँउपालिका स्थित बिभिन्न सरोकारवाला निकाय तथा जन प्रतिनिधिहरुको संग्लनतामा बिपद जोखिम न्यूनीकरण जलाधार व्यवस्थापन, जल जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तन अनुकुलन गर्न लागेको बताए ।जलाधार व्यवस्थापनका क्रियाकलापहरु प्रभावकारी ढंगले योजना निर्माण र कार्यान्वयन तथा अनुगमन गर्ने उद्धेश्यले गाउंपालिका स्तरीय जलाधार व्यवस्थापन समिति गठन गरीएको उनले स्पष्ट पारे । उनले जब सम्म चारवटा ज जल, जमिन, जंङ्गल र जनाताको ब्यवस्थापन गर्न सकिदैन तब सम्म जलाधार व्यवस्थापन नहुने हुदा यी चारवटा तत्वलाई सबैले ध्यानमा राखि ब्यवस्थापन गर्नुपर्नेकुरा जोड दिए ।


त्यस्तै गाउंपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले जलाधार व्यवस्थापन एउटा ब्यत्तिको प्रयासले मात्र सम्भव नभएकाले यसलाई व्यवस्थापन गर्न सबै पक्षको साथ र सहयोगको उत्तिकै आवश्यक रहने बताए। झिम्रुक खोलाको जलाधार व्यवस्थापन गर्न आगामि दिनहरुबाट जिल्लामा रहेका सम्पुर्ण स्थानिय तह तथा सम्बन्धित सरकारवाला निकायसँग समन्वय गरी गाँउपालिका र आफ्नो क्षेत्रबाट गर्नसक्ने जस्तो सुकै सहयोग गर्न आफु लगायत सम्पुर्ण जनप्रतिनिधिहरु तयार रहेको प्रतिवद्धता समेत जनाए ।
कार्यक्रमा जनप्रतिनिधिहरु, सरोकारवाला निकायहरु, गाँउपालिकावासी, बिषयगत कार्यालय, केन्द्र तथा परियोजनाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रको सहजिकरण परियोजनाको फिल्ड सुपरभाईजर दुर्गा पौडेलले गरेकि थिईन् ।

  • ६ भाद्र २०७५, बुधबार १९:०२ प्रकाशित
  • Nabintech