२२ बैशाख २०८१, शनिबार
इलेक्ट्रोनिक्स व्यवसायीलाई कर शिक्षा प्रशिक्षण
  • काँचुली खबर

व्यवसायिक कर तथा सामान्य लेखाका बिषयमा नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायीलाई प्रशिक्षित गरिएको छ । नेपाल इलेक्ट्रोनिक्स एशोसियन, नेपाल मोवाईल बितरक संघको आयोजना र आन्तरिक राजश्व कार्यालय,वाणिज्य कार्यालय नेपालगन्जको सहजिकरणमा बिहिवार प्रशिक्षण दिईएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले कर तथा लेखा शिक्षाका बिषयमा जानकार नहुँदा व्यवसायिक काममा निकै समस्या हुने गरेको बताए । उनले कर शिक्षाको अभावमा व्यवसाय नै तल माथिसम्म हुनसक्ने बताए । त्यसका लागि सुरु गरिएको कर शिक्षा अभियानमा सकारात्मक भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले करका बिषयमा जानकारी पाएर व्यवसाय गर्दा उत्तम हुने बताए । आयोजक नेपालगन्ज इलेक्ट्रोनिक्स व्यवसायी एशोसियसनका अध्यक्ष चिरञ्जीवी ओलीले व्यवसायीहरुलाई करका बिषयमा जानकारी गराई व्यवसायीक जिवन सरल र सहज बनाउनका लागि कार्यक्रम सुरु गरिएको जानकारी दिएका छन् । उनले यस्तो कार्यक्रमले व्यवसायीहरुलाई निकै फाईदा पुगेको पनि बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर अधिकृत लक्ष्मण श्रेष्ठ, वाणिज्य कार्यालयका कृष्ण पौडेल लगायतले प्रशिक्षण दिएका थिए । एशोसियसनले यसअघि पनि यस्तो कार्यक्रम आयोजना गरिसकेको छ ।

  • ३१ श्रावण २०७५, बिहीबार १९:०३ प्रकाशित
  • Nabintech