ज्ञानोदयको मासिक सरसफाइ अभियान पुनः सुरु
  • काँचुली खबर

३० साउन, कोहलपुर । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुरले केही समयदेखि रोकिएको मासिक सरसफाइ अभियानलाई पुनः निरन्तरता दिएको छ। पुस्तकालयको अगुवाइमा शनिबार कोहलपुर चौराहदेखि कृषि चोकसम्म सरसफाइ गरिएको हो।

सरसफाइ अभियानमा कोहलपुर नगर प्रहरी, रोटरी क्लब अफ सेन्ट्रल बाँके, बेटर बाँके तथा कोहलपुर–११ का विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यक्रम संयोजक तथा ज्ञानोदय पुस्तकालयका उपाध्यक्ष निर्मल आचार्यले अबदेखि हरेक महिनाको अन्तिम शनिबार नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गरिने जानकारी दिए।

सार्वजनिक स्थलको स्वच्छता कायम गर्ने, वातावरण संरक्षणमा योगदान पुर्‍याउने तथा स्थानीय समुदायमा सरसफाइ र वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइएको आचार्यले बताए।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले विगत दुई वर्षदेखि सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक महिनाको अन्तिम शनिबार नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ। केही समय रोकिएको अभियान पुनः सुरु गर्दै आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन गरिने पुस्तकालयले जनाएको छ।

  • ३० श्रावण २०८३, शनिबार १४:२४ प्रकाशित
  • Nabintech