३ असार, काेहलपुर । बाँकेको कोहलपुरस्थित एनटिभी रोडमा बुधबार कार र मोटरसाइकल एकापसमा ठोक्किएर विद्युत्को पोलमा ठोक्किँदा दुवै सवारी साधनमा आगलागी भएको छ ।
दुर्घटनामा परेर मोटरसाइकल चालक गोविन्द उपाध्याय घाइते भएकाे इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । भीषण गर्मीका समयमा गुडिरहेका इभी (विद्युतीय) कार र मोटरसाइकल ठोक्किँदा दुवै सवारी साधनमा आगो सल्किएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने कारको अगाडिको अधिकांश भाग जलेर नष्ट भएको छ ।
घाइते मोटरसाइकल चालक उपाध्यायको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
३ असार २०८३, बुधबार १९:०४ प्रकाशित