१२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी खेलाडी (प्रहरी जवान) पुनम चन्दलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ। लामो समयदेखि आफूखुशी गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयले २०८३ जेठ ११ गते जारी गरेको सार्वजनिक सूचनामा पुनम चन्दसहित गैरहाजिर रहेका अन्य प्रहरी कर्मचारीहरूलाई समेत ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनिएको छ। तोकिएको समयभित्र गैरहाजिर रहनुको कारण खुलाई सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी सूचनामा दिइएको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रहरी कार्यालयका अनुसार प्रहरी जवान पुनम चन्द २०८२ चैत १५ गतेदेखि विनाअनुमति कार्यालयमा गैरहाजिर रहँदै आएकी छन्। आफूखुशी गैरहाजिर भएपछि प्रहरीले उनको खोजतलास गरेको र प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस गर्दासमेत उनी सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
घर ठेगानामा सूचना टाँस गर्दा र खोजतलास गर्दा समेत कुनै अत्तोपत्तो नलागेपछि प्रहरीले सञ्चारमाध्यम (पत्रिका) मार्फत सार्वजनिक सूचना जारी गर्दै सात दिने अन्तिम म्याद दिएको हो।
नेपाल भलिबल संघले काभा महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आह्वान गर्दा पुनम सुरुमा त्यसमा समावेश थिइन्। तर, प्रशिक्षणकै दौरान उनी खेल र जागिर दुवै छोडेर अस्ट्रेलिया प्रस्थान गरेकी थिइन्।
१२ जेष्ठ २०८३, मंगलवार १३:०८ प्रकाशित