मन्त्री बादीद्वारा बाँकेका दुई बाल सुधारगृहको अनुगमन
  • काँचुली खबर

३० बैशाख, काेहलपुर । नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बाँके जिल्लास्थित बाल सुधारगृहको स्थलगत अनुगमन गरी त्यहाँको समग्र अवस्था अवस्थाबारे जानकारी लिएकी छन ।

मन्त्री बादीको सचिवालयले दिएको जानकारी अनुसार पश्चिम नेपालको भ्रमणको क्रममा बाँके पुगेको बेला त्यहाँ रहेका बैजनाथको नौबस्ता बाल सुधार गृह र डुडुवाको जयन्दु बालसुधार गृहको स्थलगत अनुगमन गर्दै त्यहाँ रहेका बालबालिकाको अवस्था, आवश्यकता तथा उनीहरूले भोगिरहेका समस्या र चुनौतीबारे प्रत्यक्ष जानकारी लिएकी हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अनुगमनको क्रममा बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह पुगेकी मन्त्री बादीले बालसुधार गृहका सबै कोठामा पुगेर कोठाहरूको अवस्था, उनीहरूको बसाइ, ओछ्यानदेखि खानपिनसम्मको सबै व्यवस्था र शौचालय तथा उपलब्ध सेवा तथा सुरक्षाको बारेमा जानकारी लिनुभएको नौबस्ता सुधारगृहका प्रमुख श्यामबहादुर रानाले बताए ।

मन्त्रीले त्यहाँ रहेका बालबन्दीसँग संवाद गरेर उनीहरूको अवस्था र समस्याबारे सोधपुछ गर्नुका साथै बालसुधार गृहमा विभिन्न प्रकारका सिपमूलक तालिमको व्यवस्था गर्ने योजना रहेको उनले बताए ।

बालबन्दीलाई जति धेरै व्यस्त राख्न सकिन्छ त्यति नै उनीहरूको सुधारका लागि सकारात्मक हुने पनि सो अवसरमा मन्त्री बादीले बताएकनाे बाल सुधारगृहका प्रमुख रानाले जनाए । सोही प्रकारले मन्त्री बादीले डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधारगृहमा पुगेर त्यहाँको अवस्थाबारे समेत जानकारी लिएकी छन ।

जेनजी आन्दोलनको समयमा गत भदौ २४ गते नौबस्ता बालसुधार गृहबाट भागेका ७८ जना मध्ये ३३ जना बालबन्दी अझै पनि पक्राउ परेका छैनन् । प्रहरीले खोजबिन गरिरहेको जनाउँदै आएको छ ।

  • ३० बैशाख २०८३, बुधबार १८:४४ प्रकाशित
  • Nabintech