४ चैत्र, काेहलपुर । बाँकेको कोहलपुरमा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ४५ दिने ड्राइभिङ तालिम सुरु भएको छ। पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजना र उत्पीडित सामुदायिक विकास विकास केन्द्रको समन्वयमा बुधबार एक कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको हो।
लुम्बिनी प्रदेश सरकारबाट विनियोजित बजेटबाट सञ्चालन भएको तालिममा कोहलपुर नगरपालिकाका १५ वटै वडाबाट २५ जना युवायुवतीको सहभागिता रहेको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
तालिमको उद्घाटन गर्दै पर्यटन डिभिजन कार्यालय कोहलपुरका वरिष्ठ अधिकृत कृष्ण बहादुर विष्टले सीपमूलक तालिमले बेरोजगार युवालाई रोजगारीसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउँदै आर्थिक अवस्था सुधार्न मद्दत पुग्ने उल्लेख गरे।
“बजेटको सही सदुपयोग हुनेगरी आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्दछु,” उनले भने।
कोहलपुर नगरपालिकाका आर्थिक शाखा प्रमुख वीर बहादुर विकले स्थानीय युवाहरूलाई स्वरोजगारसँग जोड्न तालिम महत्वपूर्ण हुने बताए। नगरपालिकाले समेत हरेक आर्थिक वर्षमा विभिन्न समुदायमा लक्षित सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिए।
पत्रकार महासंघ बाँकेका निवर्तमान कार्यवाहक अध्यक्ष संगिन शर्माले तालिम अवधिभर सक्रियतापूर्वक सहभागी हुन प्रशिक्षार्थीहरूलाई आग्रह गरे।
तालिमका प्रशिक्षक तथा बोहोरा ड्राइभिङ सेन्टर कोहलपुरका सञ्चालक देवीलाल बोहोराले तालिममा सहभागीहरूलाई सैद्धान्तिक तथा व्यावहारिक रूपमा सवारी साधन चलाउने सीप प्रदान गरिने बताए।
सहभागीहरूले तालिमपछि रोजगारी तथा स्वरोजगारका अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
पर्यटन डिभिजन कार्यालय कोहलपुरका वरिष्ठ अधिकृत कृष्ण बहादुर विष्टको अध्यक्षतामा सञ्चालन गरिएको उद्घाटन समारोहको सहजीकरण उत्पीडित सामुदायिक विकास विकास केन्द्रका अध्यक्ष दिल बहादुर परियारले गरेका थिए।
यो तालिमले कोहलपुरका युवाहरूलाई स्वरोजगार बन्न र आफ्नो आर्थिक स्थिति सुधार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
४ चैत्र २०८२, बुधबार २१:१० प्रकाशित