४ चैत्र, नेपालगन्ज । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंहले परिवर्तित परिस्थितिमा छिटोछरितो न्याय सम्पादनका लागि मातहतका न्यायाधीशहरूलाई निर्देशन दिएका छन ।
नेपालगन्जमा बुधबार उच्च अदालत, नेपालगन्ज इजलास र बाँके जिल्ला अदालतको स्थलगत निरीक्षणपछि कानुन व्यवसायीहरूसँगको छलफलमा प्रधानन्यायाधीश सिंहले सुशासनको प्रत्याभूति दिलाउन न्याय क्षेत्र अझ जिम्मेवार र सक्रिय हुनुपर्नेमा जोड दिएका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रधानन्यायाधीश सिंहले भने, “भदौ २३ र २४ को आन्दोलनपछि अदालतमा भएको आगजनीका कारण मिसिल जलेर न्याय सम्पादनमा ढिलाइ भइरहेको छ। त्यसैले सरकारी वकिल कार्यालयसँग समन्वय गरी मिसिल तत्काल तयार पार्न आवश्यक छ।”
उनले महान्यायाधिवक्ताको कार्यालय र सर्वोच्च अदालतको प्रशासनिक नेतृत्वसँग टेलिफोन संवाद गरी समन्वयका लागि आग्रह गरेका थिए ।
जलेका मिसिल पुनः तयार पार्न माथिल्लो तहमा महान्यायाधिवक्ताको कार्यालय र सर्वोच्च अदालतबिच समन्वय भइरहेको उल्लेख गर्दै उनले तल्लो तहमा पनि सरकारी वकिल कार्यालय र अदालतबिच सहकार्य बढाउन निर्देशन दिए । अदालतले जनशक्ति उपलब्ध गराउने र सरकारी वकिल कार्यालयले मिसिल तयार पार्ने कार्यमा तदारुकता देखाउनुपर्ने उनको भनाइ थियो।
सो अवसरमा कानुन व्यवसायी वसन्त गौतमले मिसिल जलेका कारण न्याय सम्पादनमा समस्या उत्पन्न भएको भन्दै यसतर्फ प्रधानन्यायाधीश सिंहको ध्यानाकर्षण गराए । उनले न्यायपालिकाभित्रका विकृति र विसङ्गति अन्त्य गर्नुपर्ने विषयमा पनि ध्यानाकर्षण गराएका थिए ।
छलफलमा अदालतमा मिसिल जलेको अवस्थामा छिटो न्याय सम्पादन कसरी गर्ने, न्यायमा सबैको पहुँच कसरी बढाउने तथा विकृति–विसङ्गति अन्त्यका उपायबारे केन्द्रित छलफल भएको कानुन व्यवसायीहरूले बताएका छन्।
४ चैत्र २०८२, बुधबार १३:५९ प्रकाशित