२ चैत्र, काेहलपुर । बाँकेको कोहलपुरमा महिलाहरूलाई सीपमार्फत स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको ७५ दिने एड्भान्स सिलाइ-कटाइ तालिम सम्पन्न भएको छ। पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्रको समन्वयमा तालिम सञ्चालन गरिएको हो।
करिब १६ लाख रुपैयाँको लागतमा सञ्चालन गरिएको तालिममा २४ जना सहभागी रहेका थिए। तालिम समापनपछि सहभागीहरूलाई सिलाइ मेसिन र आइरन लगायतका आवश्यक प्रविधि सामग्री हस्तान्तरण गरिएको उत्पीडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियारले जानकारी दिए।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

समापन कार्यक्रममा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री दुर्गा बहादुर थारूले महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताए। उनले यसअघि सिलाइ-कटाइसम्बन्धी आधारभूत तालिम लिएका महिलाहरूलाई थप दक्ष बनाउने उद्देश्यले एड्भान्स तालिमको व्यवस्था गरिएको उल्लेख गरे।
थारूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै आयआर्जनमा जोडिन आग्रह गर्दै सामूहिक रूपमा व्यवसाय सञ्चालन गर्न पनि सहभागीहरूलाई सुझाव दिए। उनले लुम्बिनी प्रदेश सरकारबाट विनियोजन भएको बजेटको प्रभावकारी सदुपयोग गर्दै आत्मनिर्भर बन्न सहभागीहरूलाई प्रेरित गरे।
कार्यक्रममा पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेका वरिष्ठ अधिकृत कृष्ण बहादुर विष्टले ७५ दिने तालिम पूरा गरेका प्रशिक्षार्थीहरू आगामी दिनमा प्रशिक्षकका रूपमा समेत सक्षम बन्न सक्ने विश्वास व्यक्त गरे। उनले प्रशिक्षार्थीहरूलाई सफल व्यवसायिक यात्राको शुभकामना पनि दिए।

त्यसैगरी पर्यटन डिभिजन कार्यालय कोहलपुरका निमित्त प्रमुख मुक्ति प्रसाद पाण्डेयले तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा प्रशिक्षार्थीहरूलाई बधाई दिँदै सिकेको सीपलाई रोजगारी र उद्यमशीलतामा रूपान्तरण गर्न आग्रह गरे।
समापन कार्यक्रममा कोहलपुर नगरपालिका प्रतिनिधि वीर बहादुर विक, पर्यटन डिभिजन कार्यालयका लेखा अधिकृत धर्मराज लामेछाने लगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
२ चैत्र २०८२, सोमबार ०८:४० प्रकाशित