३० फागुन, कोहलपुर । सुर्खेतकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै शनिबार कोहलपुरमा प्रदर्शन गरिएको छ । विभिन्न क्षेत्रमा आवद्ध रहेका महिलाहरुको अगुवाईमा शनिबार बिहान बिरोध कोहलपुर न्युरोड चोकमा प्रदर्शन गरीएको हो ।
उक्त जघन्य अपराधमा संलग्न दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न उनिहरुले सरकारसँग जोडदार माग समेत गरेका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रदर्शनका क्रममा सहभागीहरूले “इनिशालाई न्याय देऊ”, “बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर” लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।
साथै यस्ता अपराधमा संलग्नलाई कडा भन्दा कडा सजाय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले आगामी दिनमा यस्ता जघन्य घटना दोहोरिन नदिन सरकार तथा सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिएका छन् ।
३० फाल्गुन २०८२, शनिबार १४:१० प्रकाशित