२७ फागुन, कोहलपुर । भोलिदेखि कोहलपुर प्राइड लिग राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता कोहलपुर-११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा सञ्चालन हुने प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे आयाेजकले जनाएकाे छ ।
प्रतियोगिता संयोजक विनायक गिरीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउँदै कार्यक्रमको उद्घाटन नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले गर्ने बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
भोलिदेखि सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमहरुको सहभागीता रहने भएको छ । उनका अनुसार प्रतियोगितामा ब्राइटलेड स्कुल, युनाइटेड भिजन क्रिकेट क्लब, एसपीए कलेज, कोहलपुर स्पोर्टस् एकेडेमी, न्यू होरिजोन स्पोर्टस् क्लब र हिमालयन क्रिकेट एकेडेमी सहभागी रहेका छन् ।
प्रतियोगितामा सहभागी हुने टिमहरुमा नेपाल राष्ट्रिय क्रिकेट खेलाडीहरुको समेत सहभागीता रहने उनले बताए । प्रतियोगितामा कुशल मल्ल, भिम सार्की, विनोद भण्डारी लगायतका राष्ट्रिय खेलाडीहरु सहभागी रहने उनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ४ लाख र द्धितीय हुने टिमले २ लाख रुपैँया नगद पुस्कार पाउने आयाेजकले जनाएकाे छ । साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद १० हजार पुरस्कार प्रदान गरिने गिरीले बताए ।
कोहलपुर स्पोर्टस् एकेडेमीको आयोजना, कोहलपुर नगरपालिका संरक्षण र बाँके जिल्ला क्रिकेट संघको समन्वयमा फागुन २८ देखि चैत २ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
‘क्याम्पा’ कोहलपुर प्राइड लिगले कोहलपुरको क्रिकेटलाई थप उचाइमा पुर्याउने पूर्व कप्तान एलबी क्षेत्रीले बताए । कोहलपुर प्राइड लिगले खेल क्षेत्रकाे विकाससँगै कोहलपुर चिनाउन मद्दत पुग्ने उनको विश्वास छ ।
२७ फाल्गुन २०८२, बुधबार १८:५७ प्रकाशित