२७ फागुन, कोहलपुर। बाँकेको कोहलपुरमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। कोहलपुर नगरपालिका–९ नम्बर वडा कार्यालयको आर्थिक सहयोग र नेपाल युवा स्टार क्लबको आयोजनामा प्रतियोगिताको बुधबार उद्घाटन गरिएको हो।
प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष उपेन्द्रनाथ योगीले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष योगीले स्थानीय स्तरमा रहेका खेलाडीहरूलाई अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताए।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले वडामा पहिलो पटक वडास्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न यहाँका युवाहरू सफल भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमका लागि थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

वडाभित्र रहेका प्रतिभावान खेलाडीहरूको पहिचान गरी नगर तथा जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुने अवसर दिलाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास योगीले व्यक्त गरे।
प्रतियोगिता संयोजक रियाज अली साईका अनुसार प्रतियोगितामा आयोजक टिमसहित वडाभित्रका चार टोली सहभागी छन्।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीले क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।
२७ फाल्गुन २०८२, बुधबार १५:५९ प्रकाशित