१५ फागुन, काेहलपुर । ४४औँ राष्ट्रिय मगर एकता दिवस भब्य रूपमा मनाइएको छ । नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुरको आयोजनामा शुक्रबार काेहलपुर खुल्ला मैदानमा भब्य कार्यक्रमकाे आयाेजना गरी दिवस मनाइएको हो ।
कार्यक्रमकाे औपचारिक उद्घाटन अघि कोहलपुरमा रहेका मगर समुदायले सांस्कृतिक पहिरनसहित नगर परिक्रममा गरेका थिए । काेहलपुर चाैराहबाट न्यूरोड, साँझाचोक, हाइस्कुल हुँदै न्युराेडस्थित खुल्ला मैदान पुगेकाे प्रभातफेरीमा साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएकाे थियाे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रमकाे उद्घाटन कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले गरेका थिए । उक्त अवसरमा बोल्दै नगरप्रमुख आचार्यले मगर समुदाय सांस्कृतिक समुदाय भएको बताए । सामाजिक एकता काेहलपुरकाे पहिचान रहेकाे उल्लेख गर्दै आचार्यले मगर समुदाय र स्थानीय सरकारबीच लामो समयदेखि सहकार्य र समन्वय रहँदै आएको र आगामी दिनमा समेत सहकार्य हुने विश्वास ब्यक्त गरे ।
उक्त अवसरमा बोल्दै कोहलुर नगरपालिकाका उप-प्रमुख संगिता सुवेदीले समाजिक एकता अहिलेको आवश्यकता रहेको बताईन ।
नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुरका अध्यक्ष कबिराम पुलामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न साँस्कृति प्रस्तुतीसमेत प्रस्तुत गरिएको थियो भने मगर समुदायका अगुवाहरूले आफ्नाे धारणा राखेका थिए ।
१५ फाल्गुन २०८२, शुक्रबार २२:३५ प्रकाशित