काँग्रेस सभापति गगन थापा भोलि नेपालगञ्ज आउँदै
  • काँचुली खबर

१३, फागुन, नेपालगन्ज । नेपाली काँग्रेसका सभापति गगन थापा भोलि नेपालगञ्ज आउने भएका छन् । नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समिति एवं प्रचार-प्रसार समितिको आयोजनामा भोलि (बिहीबार) हुन लागेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्न सभापति थापा नेपालगञ्ज आउन लागेका हुन् ।

भोलि दिउँसो १ बजे जानकी गाउँपलिका-३ स्थित पौवा होटेल पुर्व रहेको खाली जमिनमा भेला हुने बताईएको छ । सभापति थापाले यस अघि विरेन्द्रनगरको आमसभा सम्बोधन गर्नेछन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका थापाले समसामयिक राजनीतिक परिवेश र काँग्रेसका विषयमा आफ्नो धारणा राख्ने काँग्रेस बाँकेले जनाएको छ । सभापति थापालाई सुन्न सम्पूर्ण काँग्रेसी जन र आममतदातालाई सार्वजनिक आह्वान गरिएको नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समितिका संयोजक एवं कार्यवहाक सभापति गोपाल प्रसाद अधिकारीले जानकारी दिए ।

नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. १ मा नारायण प्रसाद गौडेल, क्षेत्र नं. २ मा शुधान्सु कोइराला र बाँके क्षेत्र नं. ३ मा अमरसिंह पुन प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा प्रतिष्पर्धामा छन् भने समानुपातिक उम्मेदवारका रुपमा दिप नारायण बर्मा र दुखिराम लोनिया छन् ।

  • १३ फाल्गुन २०८२, बुधबार १४:३३ प्रकाशित
  • Nabintech