७ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा १ लाख नगद पुरस्कारकाे जिल्ला स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ७ देखि ११ गतेसम्म प्रतियोगिता संचालन हुन लागेकाे हाे ।
प्रतियोगितामा १३ वटा टिमले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रिले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुरलाई खेलकुदकाे हवका रूपमा विकास गर्नुका साथै खेल गतिविधिहरूलाई चलायमान गर्ने उद्धेश्यले विभिन्न प्रतियोगिता आयाेजना गर्दै आएकाे नगर खेलकुद विकास समितिले प्रजातन्त्र दिवसकाे अवसरमा भलिवल प्रतियोगिता आयाेजना गर्न लागेकाे क्षेत्रीले बताए ।
सम्पुर्ण खेलहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय नियम बमोजिम खेलाईने प्रतियोगितामा एक टिममा ९ जना खेलाडि र १ प्रशिक्षक गरि जम्मा १० जनाले सहभागिता जनाउनेछन भने खेल टिम दर्ताका आधारमा नक आउट वा लिग कम नकआउटका आधारमा खेलाईने आयोजकले जनाएको छ ।
सहभागि खेलाडिहरुले विद्यालयबाट प्रतिनिधित्व गर्नेको हकमा सम्वन्धित विद्यालयको विद्यार्थी भएको प्रमाण र आर्मि, पुलिसले बाँके जिल्लामा सरुवा भएको प्रमाण पेश गर्नुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद र शिल्ड प्राप्त गर्नेछन । यसैगरि द्धितिय हुने टिमले ३० हजार नगद र शिल्ड तथा तेस्रो हुने टिमले २० हजार नगद सहित शिल्ड प्राप्त गर्ने आयोजकले जनाएकाे छ । प्रतियाेगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिलाई ब्यक्तिगत रूपमा समेत पुरस्कृत गरिने बताईएकाे छ ।
७ फाल्गुन २०८२, बिहीबार ०८:५९ प्रकाशित