कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट भयाे खजुरा गाँउपालिका
  • काँचुली खबर

१ फागुन, काेहलपुर । ​बाँके जिल्लाका ८ स्थानीय तहहरूमध्ये कार्यसम्पादन मूल्याङ्कनमा खजुरा गाउँपालिका ७१.९९ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाकै पहिलो बन्न सफल भएको छ। स्थानीय सरकारले गर्ने सेवा प्रवाह, वित्तीय सुशासन र योजना कार्यान्वयनका विभिन्न सूचकहरूमा खजुराले अन्य सात पालिकालाई पछि पार्दै आफूलाई अब्बल सावित गरेको हो।

खजुराको यो ऐतिहासिक सफलतालाई पालिकाको राजनीतिक र प्रशासनिक नेतृत्वले ‘सामूहिक प्रयास र इमान्दारिता’ को परिणामको रूपमा व्याख्या गरेका छन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

“सुशासन र विकासको एजेण्डा सफल”

गाँउपालिका ​अध्यक्ष डम्बर बहादुर विकले यस उपलब्धिलाई खजुरावासीको जीतका रूपमा चित्रण गरेका छन । उनले भने, “हामीले निर्वाचनका बेला गरेका प्रतिबद्धता र जनतालाई केन्द्रमा राखेर गरिएका कामहरूको प्रतिफल आज देखिएको छ। जिल्लामै पहिलो हुनुले हामीलाई थप जिम्मेवार बनाएको छ।”

त्यस्तै, उपाध्यक्ष मन्जु मल्लले योजनाहरूको प्रभावकारी अनुगमन र लक्षित वर्गको कार्यक्रममा पारदर्शीता अपनाइएकाले यो सफलता सम्भव भएको बताईन । “हामीले विकास निर्माणमा गुणस्तर र बजेटको सही सदुपयोगमा कुनै सम्झौता गरेनौँ, त्यसैको नतिजा आज स्कोरमा देखिएको हो,” उनले भनिन ।

​प्रशासनिक तर्फबाट नेतृत्व गरिरहेका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले कर्मचारीहरूको मेहेनत र राजनीतिक नेतृत्वसँगको उत्कृष्ट समन्वयलाई श्रेय दिए । उनले भने, “प्रशासनिक सुशासन र समयमै काम सम्पन्न गर्ने कार्यसंस्कृतिको विकासले खजुरालाई यो उचाइमा पुर्‍याएको हो।”

यस्तै, वरिष्ठ लेखा अधिकृतले वित्तीय अनुशासनका बारेमा बोल्दै भने, “हामीले बेरुजु न्यूनीकरण र बजेटको मितव्ययी प्रयोगमा शून्य सहनशीलता अपनाएका थियौँ। आर्थिक पारदर्शिता नै हाम्रो सफलताको मुख्य कडी हो।”

  • १ फाल्गुन २०८२, शुक्रबार ०७:३५ प्रकाशित
  • Nabintech