२९ माघ, कोहलपुर । काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना७ख ६०४८ नम्बरको बस तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६, टिटिहिरियामा आज बिहान आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ ।
गुडिरहेको अवस्थामा अचानक आगो लागेको बस सडक छेउमा रोकिएको थियो । बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो । स्थानीयवासी प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार घटनामा कुनै मानवीय क्षति नभएको बताए । बसमा सवार सबै ४४ जना यात्रु सकुशल रहेका छन् । आगलागीले यात्रुहरूको बसमा रहेको केही सामग्री समेत जलेर नष्ट भएको छ ।
आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३० माघ २०८२, बिहीबार १४:३६ प्रकाशित