१३ पुस, कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सव-२०८२ मा चर्चित अभिनेता पल शाहको उपस्थितिले महोत्सवस्थल पूर्ण रूपमा उत्सवमय बनेको छ । पछिल्लो समय देशभरका महोत्सवहरूमा अत्यधिक रुचाइएका तथा मागमा रहेका नायक शाहको कोहलपुर आगमनसँगै दर्शकको उत्साह चरम सीमामा पुगेको आयोजक समितिले जनाएको छ ।
शाहले दर्शकमाझ प्रस्तुत गरेको आत्मीय व्यवहार, सरलता र आकर्षक प्रस्तुतीले कोहलपुरवासीको ऐतिहासिक साथ र माया पाएको आयोजकको भनाइ छ । उनी स्टेजमा उक्लिनासाथ दर्शकको ताली र हुटिङले महोत्सवस्थल गुञ्जायमान बनेको थियो । पल शाहलाई प्रत्यक्ष हेर्ने चाहनाले स्थानीय मात्र नभई आसपासका जिल्लाबाट समेत दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रमका क्रममा पल शाहले आफ्नो टिमसँग मिलेर केही लोकप्रिय गीतहरूमा छोटो नृत्य प्रस्तुत गर्दा दर्शक झनै उत्साहित बनेका थिए ।

यसअघि चर्चित गायक रमेशराज भट्टराई र मोडल बबिता धितालले धमाकेदार प्रस्तुती दिएका थिए । त्यस्तै चर्चित गायिका आस्था रावतको उत्कृष्ट प्रस्तुतीसँगै महोत्सवको सन्ध्याकालीन कार्यक्रम सम्पन्न भएको कला, संस्कृति तथा अतिथि सत्कार उप-समितिका संयोजक चण्डी प्रसाद गैरेले जानकारी दिए ।
महोत्सवमा आइतबारदेखि विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिता समेत सुरु गरिएको छ । प्रतियोगिताको पहिलो दिन तीनवटा विद्यालयका छात्र-छात्राले प्रस्तुती दिएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको समापन पुस १८ गते हुने उप-समितिका सह-संयोजक देविलाल सुनारले जानकारी दिए ।

कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई लक्ष्य गर्दै आयोजना गरिएको कोहलपुर महोत्सव-२०८२ मा भोली पनि चर्चित कलाकारहरूको प्रस्तुती रहने आयोजक समितिले जनाएको छ ।
भोली आउने कलाकारहरू
महोत्सवको छैटौँ दिन सोमबार चर्चित गायक खुमन अधिकारी, टंक तिमल्सिना, सपना शाही र रितु शाहीको प्रस्तुती रहनेछ । साथै, स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
१३ पुष २०८२, आईतवार १८:४८ प्रकाशित