१४ बैशाख २०८१, शुक्रबार
नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख थापा अमेरिका प्रस्थान
  • काँचुली खबर

नेपालगंज उप-महानगरपालिकाकी उप-प्रमुख उमा थापा मगर संयुक्त राज्य अमेरिका प्रस्थान गरेकी छन । अमेरिकाको अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व विकास कार्यक्रम अन्तगर्त संघीय सरकारको संरचनामा महिलाद्धारा गर्न सकिने परिवर्तन कार्यक्रममा भाग लिन उपप्रमुख थापा शुक्रबार अपरान्ह जेट एअरवेजमार्फत अमेरिका तर्फ प्रस्थान गरेकी हुन ।
उपप्रमुख थापासँगै नेपालबाट बागलुङ गल्कोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा, डडेल्धुरा अमरगढी नगरपालिकाकी उपप्रमुख संगिता कुमारी भण्डारी पनि अमेरीका उडेका छन ।

२० दिनसम्म सञ्चालन हुने कार्यक्रममा अमेरिकाका विभिन्न राज्य तथा स्थानीय तहको संरचना, कामको प्रक्रिया र अनुभव सिकाई ग्रहण गरिने बताइएको छ । सो अवधीमा सहभागी महिला नेतृलाई लोकतन्त्रको संस्थागत विकास, संघीय संरचनामा महिला सहभागिता र नेतृत्वका माध्यमबाट ल्याउन सकिने परिवर्तनका विषयमा दिक्षीत गरिने छ । विशेषगरि स्थानीय तहको न्याय प्रक्रिया, शिक्षा, स्वास्थ्य जस्ता विषयको सेवा प्रवाह र पारदर्शीता तथा जवाफदेहिताका विषयमा केन्द्रित जानकारी दिइनुका साथै सो को अवलम्वन बारे अवलोकन गराइनेछ ।

  • २५ श्रावण २०७५, शुक्रबार १८:०३ प्रकाशित
  • Nabintech