२१ मंसिर, कोहलपुर । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई गरिएको छ।
६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरु नारायणी रुपाखेती, आशादेवी बैश्य, चन्द्रकला गुरुङ, निर्मला साहु, ज्योति श्रेष्ठ, मंगलीमाया श्रेष्ठ, गीता शाही, गीता अधिकारी, राधादेवी कुर्मी र मन्नीदेवी कोरीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरेर सम्मान गर्दै विदाई गरिएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, महिला स्वयंसेविका संघ नेपालगन्जकी अध्यक्ष प्रेमा शाहीलगायतले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै बिदाई पनि गरे ।
सो अवसरमा नगर प्रमुख विष्टले सामुदायिक तहमा स्वास्थ्य सचेतना वृद्धि र स्वास्थ्य सूचकको विकासमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका प्रशंसनीय रहेको बताए ।
उहाँले स्वयंसेविकाको प्रोत्साहन र वृत्ति विकासकालागि नगरपालिका सधैं गम्भीर रहेको बताए । कार्यक्रममा उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत शर्मा, वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख चन्द, स्वास्थ्य संस्था प्रमुखतर्फबाट शर्मिला सुवेदीलगायतले स्वयंसेविकाको योगदानको प्रशंसा गरे ।
२२ मंसिर २०८२, आईतवार १२:०९ प्रकाशित