सुरक्षा जोखिम हुने भन्दै विद्युत लाइन विस्तारमा अवरोध
  • काँचुली खबर

३० कात्तिक, कोहलपुर । ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा कोहलपुर क्षेत्रमा स्थानीयले लाइन विस्तारमा अवरोध गरेका छन् । लाइन विस्तार गर्दा स्थानीयहरूलाई सुरक्षा खतरा रहेको भन्दै लाइन विस्तारमा अवरोध गरेको उनिहरुको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले पिप्रहवादेखि कोहलपुरस्थित सव-स्टेशनसम्म पोल गाड्ने काम गरिरहेको छ । काम भइरहेको समयमा कोहलपुरस्थित पिपिरी क्षेत्रमा स्थानीयले अवरोध गर्दा पोल विस्तारको काम रोकिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोहलपुर-९ का स्थानीय इन्द्र गौतमले लाइन विस्तारगर्दा स्थानीय नागरिक र स्थानीय सरकारसँग समन्वय नगरिएको बताए । उनले विकास गर्नु राम्रो काम भए पनि सम्बन्धित पक्षले समन्वयबिना नै काम गरेको जनाउँदै माग पूरा नभएसम्म काम अघि बढ्न नदिइने बताए ।

पोल गाड्ने क्रममा खासगरी कोहलपुर नगरपालिका वडा नम्बर ८, ९ र १४ नम्बर वडाका नागरिकहरूले अवरोध सिर्जना गरिरहेका छन् । स्थानीय सरकार र स्थानीय नागरिकसँगको कुनैपनि सहमति र समन्वयबिना सुरु गरिएको काम रोकिनुपर्ने उनिहरुको भनाइ छ ।

तीन वटै वडाका वडाध्यक्षहरूले समेत उक्त कामप्रति असन्तुष्टि जनाएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष ओपेन्द्रनाथ योगीले गोल्छादेखि पिप्रहवासम्म विद्युतका पोल गाड्ने काम भइरहेको जनाउँदै वडालाई कुनै जानकारी नदिएर काम सुरु गराइएको बताए ।

कोहलपुर-१४ का वडाअध्यक्ष नमबहादुर आले मगरले वडाहरूमा जथाभावी पोल गाड्दा स्थानीयले रोकेको बताए । उनका अनुसार अब संवादबाटै समाधान निकाल्नुपर्छ । कोहलपुर-८ का वडाअध्यक्ष लालबहादुर रानाले लाइन विस्तार गर्दा कुनैपनि जानकारी नगराइएको जनाउँदै घर नजिकै पोल गाड्दा सुरक्षा जोखिम हुने हुँदा स्थानीयले अवरोध गरेको बताए ।

उता, नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयल नेपालगन्जले कोहलपुर क्षेत्रमा लाइन विस्तार गर्दा कार्यालयले नियमसंगतरूपमा काम गरिरहेको जनाएको छ ।

डिभिजन कार्यालयका प्रमुख दिपक गौतमले नेपालगन्ज-कोहलपुर सडकखण्डको पिप्रहवादेखि कोहलपुर-१० स्थित सव-स्टेशनसम्म विद्युतका पोल विस्तारको काम भइरहेको बताए ।

उनले पोल विस्तार गर्दा स्थानीयहरूले घर नजिकै पोल गाडिएको गुनासो गर्दै विरोध जनाएको जानकारी पाएको जनाउँदै सहमति अनुसार काम अगाडि बढाइने बताए । उनका अनुसार विद्युत् नियमावली २०५० अनुसार २५ मिटरको सडकमा पोल विस्तार गर्दा दुई मिटर छोड्नुपर्छ । तर प्राधिकरणले ४ मिटरसम्म छोडेर काम गरिरहेको छ ।

  • १ मंसिर २०८२, आईतवार १३:२० प्रकाशित
  • Nabintech