१३ बैशाख २०८१, बिहीबार
प्रकाण्डलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति
  • काँचुली खबर

जिल्ला अदालत काठमाडौंले नेकपा ९विप्लव०का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरीले खड्कालाई मंगलबार साँझ करिव साढे ७ बजेतिर दक्षिणकारी नगरपालिका-१ चाल्नाखेलबाट पक्राउ गरेको थियो । हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा रहेका प्रकाण्डसहित तीन जना पक्राउ परेका हुन् । प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा ४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका-६ का हरिचन्द्र आचार्य छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुविरुद्ध चन्दा ऐन २०३० अनुसार मुद्दा दर्ता गरिएको छ र जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

 

स्रोत : अनलाइनखबर

  • २३ श्रावण २०७५, बुधबार २०:३६ प्रकाशित
  • Nabintech