२ भाद्र २०७९, बिहीबार
‘बोलबम’ यात्रामा गएका एकको मृत्यु
  • काँचुली खबर

गौशाला- भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा जानुभएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्लामा भएको दुर्घटनामा जीतेन्द्रको मृत्यु भएको उहाँका भाइ लक्ष्मी मण्डलले बताउनुभयो । दुई दिनअघि दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका जीतेन्द्रको हिजो बेलुका भारतकै सिलिगुडीमा उपचारको क्रममा मृत्यु भएको थियो । उहाँ तत्कालीन नेकपा एमालेका नेता रामदयाल मण्डलका भतिजा तथा गत स्थानीय निर्वाचनमा जलेश्वर नगरपालिकामा नेकपा (एमाले) बाट प्रमुख पदका प्रत्यासी रहनुभएका माधव मण्डलका छोरा हुनुहुन्छ ।

  • २३ श्रावण २०७५, बुधबार १४:२४ प्रकाशित
  • Nabintech